तिम्रो घमन्डले सीमा पार गरिसकेछ
सोचे भन्दा बढी फरक बनी सकेछ
कैयौँ पटकको पर्खाइमा बसेको यो क्षण
कसैलाई तड्पाउने बानी पहिल्यै परेको रैछ ।
संसारमा सबै निपुण त भगवान् पनि थिएनन् होला
तिमि पनि त्यही भगवानको सृष्टि त हौ नि होइन र ?
होला अरूभन्दा केही बढी ज्ञान तिमि सँग छ रे
आफ्नो रूप अनि सिपको घमन्ड नगरेकै बेस होला ।
बोल्दा मीठो स्वादमा छुट्टै आभास हुनेछ तर
जानेका रहिछौ भित्री बाहिरी कुरा गर्ने बानी रैछ हेर ।
समाजमा सबैलाई समान देख्न नसक्ने बानीको विकास भएछ
आफ्नो स्वभावले आफैलाई सखाप पार्न सक्छ बिचार गर ।
अलि महम्मद मियाँ
गोर्खा, हाल इजरायल ।
गोरखा स्थायी ठेगाना भई हाल इजरायलमा कार्यरत अलि मोहम्मद मियाँ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव हुनुका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई प्रवासका गतिविधिहरूमा सक्रिय छन् ।















