गिरिराज ओली
धेरै साथीहरूसँग हाँसेँ, रमाएँ, खेलेँ,
सपनाका पलमा ती आफ्नै संसार सजाएँ।
आमाबाबाको माया, त्यो न्यानो अँगालो,
अब सम्झनामा बाँधेर जान्छु यो सन्देश हालो।
कहिले खुक्लिचौर, कहिले घोराही बिसाएँ,
कहिले कोहलपुर, कहिले काठमाडौँ खोजाएँ।
यो मनले जहाँ-जहाँ आफ्नो सुगन्ध भेट्थ्यो,
त्यहीँ माटोमाथि खुसीको जीवन लेख्थ्यो।
मन्दिर गई भगवान्लाई आँसुमा चढाएँ,
बालापनका ती दिन मनभित्र जलाएँ।
स्कुलका यादले झस्काउँछ ती सपना,
विद्यार्थी जीवनका ती सादा रङ्गिन छपना।
परिवारसँग खुसी बाँड्दा मनले सान्त्वना खोज्थ्यो,
तर समयले हरेक सुखलाई अलग किस्सा बनायो।
हिमालका चुचुरो, पहाडको त्यो काख,
फेरि एक्लै हिँड्नुपर्छ, यो मनको चाल भाक।
अब कर्मभूमि जान्छु, जीवनसँग सम्झौता गर्दै,
आशाको दियो बोक्दै, मनमा आशु पग्लाउँदै।
तर यो प्रतिज्ञा छ, फर्केर आउनेछु,
मेरो यो जीवन तिमीलाई समर्पित हुनेछु।
खुक्लिचौरले देखेको मेरो बालापनको सपना,
घोराहीका बाटोमा छोडिएको त्यो हाँसोको गाना।
कोहलपुरका साँझ र काठमाडौँका बिहानी,
सबै मेरो यादमा रहन्छन् जिन्दगीभरि झैँ पानी।
हे मेरो देश, माया गरेर बाँध्न सकेनौ,
तर हृदयको कुनामा सधैँ राज गर्न सकेनौ।
तिमी मेरो जन्मभूमि, मेरो आत्माको गीत,
सपना र सङ्घर्षबिच पनि तिमीले भर्यौ प्रीत।















