नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
गत आइतबार सेप्टेम्बर १७ तारिखका दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( एनआरएनए- एनसीसी) इजरायलले तीजको नि: शुल्क दर खाने कार्यक्रममा राखेको थियो ।
लेभेन्सकि फुटसल ग्राउण्डमा आयोजित कार्यक्रममा नेपाली राजदुतावास इजरायलका प्रथम सचिव तथा कन्सुलर अर्जुन घिमिरेको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको सभापतित्व एनआरएनए -एनसीसी इजरायलका अध्क्षय श्रीकृष्ण भण्डारीले गरेका थिए ।
कार्यक्रममा इजरायलमा रहेका धेरै नेपालीहरुको उपस्थिति रहेको थियो ।
हरेक बर्ष नेपालबाट कलाकार ल्याएर तीज कार्यक्रम गर्दै आएको एनआरएनए -एनसीसी इजरायलले यो पल्ट बेग्लै तरिकाले इजरायल र नेपालमा दर खाने तिथिकै दिन दर खुवाउने कार्यक्रम राखेको थियो ।
एनआरएनए -एनसीसी इजरायलले यौनजन्य हिम्सामा परेका दिदीवहिनीहरु आश्रित रक्षा नेपाल, काठमाडौमा पनि विशुद्ध शाकाहारी दर खुवाएको थियो ।
यस्तै तीजको अवसरमा प्रवासी नेपाली मञ्च इजरायलको युवा तथा खेलकुद विभाग द्वारा हायार्कोन पार्कमा सेटेम्बर २२ तारिखका दिन दरखाने कार्यक्रम आयोजनामा गरेको थियो । उक्त कार्यक्रममा इजरायलमा कार्यरत थुप्रै नेपालीहरुको भब्य उपस्थिति रहेको थियो।
यसै गरि तीजकै अवसरमा झापाली समाज इजरायल र लायन तेलअविव फुटबल क्लबको संयुक्त आयोजनामा नेपालबाट आएका कलाकार शान्तिश्री परियार , प्रताप दास र तृष्णा गुरुङले एक सांगीतिक कार्यक्रममा आआफ्नो भब्य प्रस्तुति दिएका थिए ।उक्त कार्यक्रममा इजरायलमा कार्यरत थुप्रै नेपालीहरुको भब्य उपस्थिति रहेको थियो।
केही भन्नु छ भने 💬