इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ ।
मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकलाई रिहा गर्न माग गरिएको छ । गाजामा बन्धक बनाएका धेरै इजरायलीको परिवारले सरकारलाई दबाब दिइरहेका छन् ।
सोमबार संसदीय समितिको बैठकका क्रममा बन्धकका आफन्त संसदमा प्रवेश गरेका थिए । उनीहरूले प्यालेस्टाइनमा बन्धक मारिएको अवस्थामा यहाँ बैठक बस्न नमिल्ने बताएका थिए ।
यस्तै, आइतबार राति मानिसले आफ्ना परिवारका सदस्यलाई रिहा गर्न माग गर्दै इजरायली सरकारविरुद्ध प्रदर्शन गरेका थिए । गत ७ अक्टोबरदेखि जारी युद्धमा अहिलेसम्म २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । जसमा महिला र बालबालिका बढी रहेका छन् ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com