इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ ।
गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन्। उनले राफामा १० लाख शरणार्थी मात्रै रहेको र स्थानीय सहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई सचेत गराए ।
राष्ट्रसंघीय एजेन्सीका अनुसार इजरायलले अस्पतालमा सैन्य अभियान चलाइरहेको छ। खान युनिसस्थित नासिर अस्पताल इजरायलले सैन्य अभियान चलाएकोप्रति राष्ट्रसंघले आपत्ति जनाएको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायल आक्रमण गरेयता इजरायलले जारी राखेको गाजा आक्रमणमा २८ हजार बढीको मृत्यु भइसकेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com