प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । उनले फेब्रुअरी २०, २०२४ मा नै राष्ट्रपति मोहम्मद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताइएको छ ।
सोमबार लिखित रूपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजापट्टीमा प्यालेस्टिनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको उनले बताए ।
श्तायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।
गत अक्टोबर ७ मा गाजापट्टि शासन गर्दै आएको हमासले इजरायलमा आतंकवादी आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइन बीच युद्द चर्किएको छ । युद्धमा हमास प्रशासित गाजापट्टिमा मात्रै लगभग ३०हजार नागरिकको मृत्यु भइसकेको छ भने पिए प्रशासित पश्चिमी किनार (वेस्ट ब्याङ्क)मा मात्रै ४०० बढी हताहत भइसकेका छन ।
गाजा र वेस्ट ब्याङ्क दुवै भुभाग प्यालेस्टाइन अन्तर्गत पर्दछन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com