गाजा । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
उनले आक्रोशित हुँदै भिडियोमा आफ्नो देशको प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूलाई गाली गरेको सुन्न सकिन्छ । उनले बन्धकहरूको दयनीय स्थितिको वर्णन गर्दै खाना, पानी र औषधोपचारको अभावमा जमिन मुनी अँध्यारोमा छ महिना देखि तड्पिएका आफूहरूको उद्धारमा बेवास्ता गरेको आरोप लगाएका छन् ।
भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, “त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो । गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । उनले आक्रोशित हुँदै भिडियोमा आफ्नो देशको प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूलाई गाली गरेको सुन्न सकिन्छ । उनले बन्धकहरूको दयनीय स्थितिको वर्णन गर्दै खाना, पानी र औषधोपचारको अभावमा जमिन मुनी अँध्यारोमा छ महिना देखि तड्पिएका आफूहरूको उद्धारमा बेवास्ता गरेको आरोप लगाएका छन् ।
इजरायली सरकारलाई उनले हजारौँ निर्दोष सैनिक र लडाकुको हताहत हुने गरी युद्धमा होमिएको र उल्टो आफूहरूको जीवन रक्षा धरापमा परेको जनाएका छन् ।
उनले भक्कानिँदै बुबा आमाको नाम लिएर उहाँहरूलाई धेरै सम्झिएको बताएका छन् . उनले आफू जहाँ रहे पनि यसपालिको ठुलो चाड राम्रो सँग मनाउन र प्रार्थना गर्न अनुरोध गरेका छन् । हमासको दबाबमा उनले यस्तो ब्यहोराको बयान दिएको अनुमान गर्न सकिन्छ ।
इजरायली आर्मीले गाजाको शिफा अस्पतालको भिडियो फुटेज सार्वजनिक गर्दै हमासले बन्धक बनाएका नेपालका विपिन जोशी र एक थाइ नागरिक देखिएको बताएका छन । भिडियोमा नेपाली नागरिक भनिएका व्यक्ति हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी नै हुन या अरु नै कोही हुन त ?
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
Stories & struggles of Nepalese community in Israel
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
खेमराज जम्मर कट्टेल तेल अभिव, इजरायल आशाको एउटा उदाउँदै गरेको घाम बोकेर हिँडेका प्रवासीहरू । माटो गन्हाउने खेतहरू, साथीहरूसँग खेलिएको गिट्टी-पिङ, बिताएका पल, गाउँका मेला महोत्सवमा पहिलो पटक लगाएको लुगा, आत्मीयता, माया, मामा घर परिवार सबै छोडेर। आखिर केका लागि ? केही पैसा कमाउने आशामा र त्यही पैसाले सायद आफ्नो र परिवारको जीवन बदलिन्छ भन्ने…
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.