जेरुसेलम । इजरायलमा निर्वाचनपछि नयाँ सरकार गठनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। विपक्षी नेता गादी आइसेनकोटले विभिन्न विपक्षी दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै सरकार गठनका लागि गठबन्धन निर्माणको पहल थालेका छन्।
आइसेनकोटले डेमोक्रेट्स पार्टीका प्रमुख यायर गोलान, बियाचादका प्रमुख नफ्ताली बेनेट तथा विपक्षी नेता यायर ल्यापिडसँग छलफल गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाएर नयाँ राजनीतिक दिशा दिने उद्देश्यसहित विपक्षी दलहरूबीच सहकार्यको प्रयास भइरहेको छ।
निर्वाचनको हालसम्मको नतिजाअनुसार आइसेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट प्राप्त गरेको छ भने प्रधानमन्त्री नेतन्याहूको पक्षमा ५३ सिट देखिएको छ। अरब दलहरूले १९ सिट जितेका छन्। इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्ने भएकाले कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न सकेको छैन।
यसैबीच, यायर ल्यापिड र यायर गोलानले नेतन्याहू नेतृत्वको सरकारलाई विस्थापित गर्न तथा देशमा राजनीतिक परिवर्तन ल्याउन मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
डेमोक्रेट्स पार्टीका प्रमुख गोलानले सामाजिक सञ्जाल एक्समार्फत इजरायलको सुरक्षा र भविष्य सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्। आइसेनकोटसँगको भेटमा पनि उनले देशको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूहरूकै काँधमा रहेको बताएका थिए।
आइसेनकोटलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
सरकार गठनको राजनीतिक समीकरणबीच नेतन्याहूको सहयोगी दल युनाइटेड टोरा जुडिज्मले आइसेनकोटलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ।
च्यानल १२ न्युजका अनुसार सात सिट रहेको उक्त दलले हरेदी यहुदी समुदायलाई अनिवार्य सैन्य सेवाबाट छुट दिनुपर्ने सर्तसहित आइसेनकोटलाई समर्थन गर्ने प्रस्ताव अघि सारेको हो। उक्त दलले सरकारमा प्रत्यक्ष सहभागी नभई बाहिरबाट समर्थन गर्ने र सरकारविरुद्ध मतदान नगर्ने विकल्पसमेत प्रस्तुत गरेको बताइएको छ।
युनाइटेड टोरा जुडिज्मका एक नेताले नेतन्याहूसँगको राजनीतिक गठबन्धन समाप्त भएको बताएका छन्। यद्यपि, अनिवार्य सैन्य सेवाको विषयमा आइसेनकोट र उक्त दलबीच गम्भीर मतभेद रहेकाले सहमति जुटाउन सहज देखिँदैन।
आइसेनकोट सबै नागरिकका लागि अनिवार्य सैन्य सेवाको पक्षमा छन् भने युनाइटेड टोरा जुडिज्मले हरेदी यहुदी समुदायलाई यसबाट छुट दिनुपर्ने माग गर्दै आएको छ।
निर्वाचनको नतिजा बदनाम गर्न खोजेको आइसेनकोटको आरोप
यसैबीच, आइसेनकोटले प्रधानमन्त्री नेतन्याहू र उनको लिकुड पार्टीले बहुमत प्राप्त गर्न नसकेपछि निर्वाचनको नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
उनले निर्वाचनपछि संसद्को बैठक निर्धारित समयमै बस्नुपर्ने भन्दै त्यसलाई रोक्ने कुनै पनि प्रयास सफल हुन नदिने बताएका छन्।
सरकार गठनका लागि आवश्यक ६१ सिटको समर्थन जुटाउन दुवै पक्ष सक्रिय रहेकाले आगामी दिनमा इजरायलको राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ। विशेषगरी अरब दलहरूको समर्थन र साना धार्मिक दलहरूको भूमिका नयाँ सरकार गठनमा निर्णायक हुन सक्नेछ।
स्रोत: द जेरुसेलम पोस्ट
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com















1 Comment
Man, this analysis is deep! Remember, even with great features like the secure access mentioned, always check the bluestack online casino link first. Treat it like any digital wallet-security first!