नेपालका इजरायलमा खुला रक्तदान कार्यक्रम आयोजना
तेल अविव, इजरायल — नेपालका प्रथम शहिद क्या. लखन थापा मगरको १४९औँ स्मृति दिवसको अवसर पारेर नेफिन इजरायल तथा नेफिन इजरायलमा आबद्ध सदस्य संस्थाहरूको संयुक्त आयोजनामा “रक्तदान, जीवनदान” भन्ने नारासहित खुला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
कर्मभूमि इजरायलमा विभिन्न पेशा तथा क्षेत्रमा श्रम गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस कार्यक्रमले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मानव जीवन जोगाउने महान् कार्यमा सामूहिक सहभागिता जनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ। इजरायलको भूमिमा काम गर्दै आएको नेपाली समुदायले कर्मभूमिले दिएको गुनलाई रक्तदानमार्फत फर्काउने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।
नेफिन इजरायलका अनुसार रक्तदान जस्तो पुण्य कर्मले कसैको जीवन बचाउन सक्ने भएकाले इजरायलमा स्थापित विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी भइदिन हार्दिक आव्हान गरिएको छ। कार्यक्रम खुला रहने भएकाले इच्छुक सबै नेपालीले सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रम सम्बन्धी आवश्यक जानकारीका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छः
- सर्किनी ज्याबा ह्योल्मो (कार्यक्रम संयोजक) – 058-7916798
- सूर्य ब. राना मगर (अध्यक्ष) – 053-7443524
- बिमला श्रेष्ठ (महासचिव) – 054-6548047
तपशिल
- मिति: १२ फेब्रुअरी २०२६, बिहीबार
- समय: साँझ १७:०० देखि २१:०० सम्म
- स्थान: Palkira St. 6, Tel Aviv, Israel (नेपाली डिस्को हल नजिकै)
नेफिन इजरायलका सचिव बिबस आले मगरले जारी गरेको सूचनामा शहिद लखन थापा मगरको बलिदानलाई स्मरण गर्दै यस्तो सामाजिक र मानवीय कार्यक्रममार्फत स्मृति दिवसलाई अर्थपूर्ण बनाइने उल्लेख गरिएको छ। आयोजक संस्थाले सबै नेपाली समुदायलाई एकताबद्ध भई रक्तदान कार्यक्रममा सहभागी भई जीवन बचाउने अभियानमा हातेमालो गर्न पुनः हार्दिक अपिल गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























