नेपालको राजनीतिक सङ्कटको निर्णायक मोडमा आज बिहानै एउटा ऐतिहासिक सहमति भएको छ। राष्ट्रपति भवन शीतल निवासमा बसेको छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको जेन–जि आन्दोलनकी अभियन्ता रक्षा बमले पुष्टि गरेकी छिन्।
उनका अनुसार, संविधान र विद्यमान अस्थिरतालाई ध्यानमा राख्दै आन्दोलनकारी पक्ष, प्रमुख दलका प्रतिनिधि र नागरिक समाजबीच लामो छलफलपछि यो निर्णयमा पुगिएको हो।
यो पनि पढ्नुहोस
सुशिला कार्की को हुन् ?
राष्ट्रपति भवनमै कार्कीको आजै राति पौने ९ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।
कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश मात्र होइन, निष्कलङ्क छविकी न्यायविद् पनि हुन्। जेन–जि आन्दोलनको नेतृत्वले उनलाई ‘जनआन्दोलनपछिको स्थायित्वको सुनिश्चितता र निष्पक्ष नेतृत्वका लागि उपयुक्त व्यक्ति’ भन्दै अघि सारेको हो।
यो सहमतिसँगै देश नयाँ अन्तरिम यात्रातर्फ उन्मुख भएको छ, जसले निकट भविष्यमा राजनीतिक निकासको स्पष्ट संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























