तेलअभिव, इजरायल । गैरआवासीय नेपाली संघ (NRNA-NCC Israel) को आयोजनामा आगामी “तीज विशेष दर खाने कार्यक्रम २०२५” भव्यतापूर्वक सम्पन्न गर्ने तयारी गरिएको छ।
नेपालमा नारीहरूको महान् पर्वका रूपमा मनाइने तीजलाई आस्था, संस्कार र एकताको प्रतिकका रूपमा सम्मान गर्दै इजरायलस्थित नेपाली समुदायबीच यसपटक पनि उल्लासमय रुपमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
यस कार्यक्रममा दर खाने, नाचगान, भेटघाट तथा तीजको उल्लासपूर्ण वातावरणमा सहभागी भई रमाइलो गर्ने विशेष अवसर रहने आयोजक समितिले जानकारी दिएको छ। कार्यक्रममार्फत नेपाली संस्कृतिको संरक्षण, प्रवर्द्धन र समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा राखिएको छ।
आयोजक समितिले इजरायलमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई नेपालीपनको गौरव साझा गर्न हार्दिक निमन्त्रणा गरेको छ।
सम्पर्क व्यक्तिहरूः
निर्मला बुढाथोकी : 0552959323
दिलीप सुन्दास : 0509030787
धर्मेन्द्र पुन मगर : 0559631032
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com