जेरुसलेम ।विगतका बर्षहरुमा जस्तै यसपाली पनि नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा जेरुसलेममा यस वर्ष विशेष “तीज धमाका २०२५ – दर खाने कार्यक्रम” आयोजना हुने भएको छ।
इजरायलको जेरुसलेममा कार्यरत नेपालीहरुको समुह मेल मिलाप समूह जेरुसलेमको आयोजना तथा नेपाली समुदायको सक्रिय सहभागितामा हुने यो कार्यक्रम आगामी २०२५ अगस्ट २५, सोमबार बेलुका ८:०० बजे Sacher Park (गान साकार), जेरुसलेममा हुने आयोजकहरूले जनाएका छन् ।
कार्यक्रममा दर खाने, गीत–संगीत, नाचगान र सांस्कृतिक प्रस्तुति जस्ता आकर्षक प्रस्तुति रहने छन्। आयोजक टोलीले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई उपस्थित भई आफ्ना सांस्कृतिक मूल्य र परम्परालाई झल्काउने यो कार्यक्रमलाई भव्य बनाउन आग्रह गरेको छ।
कार्यक्रम विवरण:
मिति: २०२५ अगस्ट २५, सोमबार
समय: बेलुका ८:०० बजे
स्थान: Sacher Park (गान साकार), जेरुसलेम
कार्यक्रमका आकर्षणहरू:
दर खाने
गीत–संगीत
नाचगान
सांस्कृतिक प्रस्तुति
आयोजक टोलीले सबै दिदीबहिनी र दाजुभाइलाई उपस्थिति जनाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग पुर्याउन हार्दिक अनुरोध गरेको छ।
आयोजक: मेल मिलाप समूह जेरुसलेम (फेसबुक ग्रुप)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com