बोल्ने भए, सपनामा आऊ,
म चाहिँ सुतेको है,
शब्द नबोली, आँखै आँखामा,
मायाका कथा बुनेको है।
न्यानो बतासले तिम्रो नाम लियो,
चन्द्रमाले पथ देखायो,
मौन रातका नीलो छायामा,
तिम्रो प्रतीक्षा सजायो।
नबोल्ने भए, हेरेरै बोल,
नयनले नयन बुझ्ने छन्,
सपनामा आइ हात समाइदेऊ,
निद्राभर म तिम्रै हुनेछु।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- सन्देश थापाhttps://nepalisrael.com/nepalisrael/author/sandesh
- सन्देश थापाhttps://nepalisrael.com/nepalisrael/author/sandesh
- सन्देश थापाhttps://nepalisrael.com/nepalisrael/author/sandesh
- सन्देश थापाhttps://nepalisrael.com/nepalisrael/author/sandesh