बढ्दो साइबर खतरालाई ध्यानमा राख्दै सीटीएम ३६० र नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपाल बीच सहकार्य भएको छ। अब सीटीएम ३६० को अत्याधुनिक सुरक्षा प्लेटफर्म नेपाली बजारमा उपलब्ध हुनेछ।
यो प्रविधिले डेटा उल्लङ्घन, फिसिङ आक्रमण, डार्क वेबमा सूचनाको दुरुपयोग लगायतका डिजिटल जोखिमहरू पहिचान गर्न र न्यूनीकरण गर्न मद्दत गर्नेछ। मुख्य रूपमा ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरू लक्षित यस प्लेटफर्मले आन्तरिक र बाह्य साइबर खतराबाट सुरक्षा प्रदान गर्छ।
यस प्रणालीले एक्सटर्नल अट्याक सर्फेस मेनेजमेन्ट, डिजिटल रिस्क प्रोटेक्सन, साइबर थ्रेट इन्टेलिजेन्स, ब्रान्ड सुरक्षा, एन्टी-फिसिङ र डार्क वेब निगरानी जस्ता सेवा प्रदान गर्छ। साथै, थर्ड पार्टी रिस्क मेनेजमेन्ट र अनलिमिटेड टेकडाउन सेवा समेत उपलब्ध गराउँछ।
क्रिप्टोजेन नेपालका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहाल ले बाह्य साइबर खतराहरू पहिचान गर्न यो प्रविधि उपयोगी हुने बताए। सीटीएम ३६० का सीईओ मिर्जा असरार बेग का अनुसार, क्रिप्टोजेन नेपालसँगको सहकार्यले नेपालका संस्थाहरूलाई डिजिटल खतरासँग प्रभावकारी रूपमा जुध्न मद्दत गर्नेछ।
यो सेवा लिन वा बुझ्नका लागि क्रिप्टोजेन नेपाल लाई सम्पर्क गर्न सकिनेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com