खोटाङ जिल्ला अदालतले कृषिविज्ञ भनेर चिनिएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा नैतिक पतन देखिने कसुर गरेको ठहर गरेको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई साढे २ वर्ष जेल सजाय सुनाएको छ। साथै, १ लाख रुपैयाँ जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने आदेश दिएको छ।
अदालतका सूचना अधिकृत सुदीपकुमार भट्टराईका अनुसार, न्यायाधीश दाहालको इजलासले मदन राईले नैतिक पतन देखिने अपराध गरेको ठहर गरेको छ।
साथै, राईले पीडित राहत कोषमा ४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने निर्णय पनि भएको छ। अदालतले गत माघ १० गते नै उनलाई दोषी ठहर गरिसकेको थियो भने आज सजाय निर्धारण गरिएको हो।
मदन राई आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका थिए। उनी जेठ २२ गते ४ लाख धरौटी बुझाएर छुटेका थिए।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com