प्यालेस्टिनी इस्लामिक जिहाद आतंकी समूहले गत वर्ष अक्टोबरमा इजरायलबाट बन्धक बनाएर लगिएका मध्ये एक रसियन नागरिक साशा ट्रुफानोभको भिडियो सार्वजनिक गरेको छ।
यो भिडियो कहिले बनाइएको हो भन्ने कुरा स्पष्ट छैन। क्लिपमा ट्रुफानोभले आफू २८ वर्षको भएको बताउँछन्; तर, भिडियो उनको २९ औँ जन्मदिनबाट दुई दिनपछि सार्वजनिक गरिएको हो, हमासको अपहरणमा परेपछि यो उनको दोस्रो जन्मदिन हो । यो भिडियो हमासले नभई यसको साझेदार प्यालेस्टिनी इस्लामिक जिहाद लडाकू समूहले सार्वजनिक गरेको हो ।
इस्लामिक चरम पन्थी समूहले बन्धकहरूको परिवारमा मानसिक यातना र दबाब सिर्जना गर्नका लागि घृणित मनोवैज्ञानिक हतियारको रूपमा बन्धकका यस्तै भिडियोहरू जारी गर्दै आएको छ।
धेरैजसो इजरायली मिडियाले यस्ता भिडियो क्लिपहरू प्रसारण गर्दैनन् ।
ट्रुफानोभ आफ्नी हजुरआमा इरेना ताती, आमा येलेना (लेना) ट्रुफानोभा, र प्रेमिका सपिर कोहेनसँगै अक्टोबर ७ को गाजाको सीमावर्ती नगरमा भएको हमास संहारको क्रममा किब्बुत्ज़ निर ओजबाट बन्धक बनाइएका थिए।
ट्रुफानोभा र तातीलाई नोभेम्बर २९ मा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अनुरोधमा हमासले रिहा गरेको थियो। उनकी प्रेमिका कोहेनलाई चाहिँ नोभेम्बर ३० मा इजरायल र हमासबीचको अस्थायी युद्ध विरामको हिस्साका रूपमा रिहा गरियो।
साशा ट्रुफानोभ अन्नपूर्णा ल्याब्स नामक इस्रायली माइक्रोइलेक्ट्रोनिक्स कम्पनीमा इन्जिनियरका रूपमा कार्यरत छन्, जुन अमेजनले खरिद गरेको हो।
उनी र उनकी प्रेमिका कोहेन हालसालै रमत गानको अपार्टमेन्टमा सँगै बस्न थालेका थिए, त्यसैले जब गाजाको सीमावर्ती समुदायमा हमास आतङ्ककारीहरूले आक्रमण गरेका थिए जसमा सयौँको संहार भयो, उनका साथीहरूले उनलाई त्यहाँ परिवारसँग भएको थाहा पाउन सकेनन्।
गएको महिनामा, हमास आतंकी समूहले ट्रुफानोभ र रुसी नागरिकता भएका अर्का बन्धक म्याक्सिम हरकिनलाई सम्भावित बन्धक सम्झौतामा पहिलो रिहा हुने सूचीमा राखिएको बताएको थियो तथापि त्यो कार्यान्वयन हुन पाएन ।
हमासको अपहरणबाट सकुशल फर्किन सफल साशाकी आमा लेना ट्रुफानोभले भनिन्: “मेरो छोरालाई जीवित देखेर म राहत महसुस गर्दछु, तर ऊ के भनिरहेको छ भन्ने सुनेर म धेरै चिन्तित छु। म सबै प्रयासहरूलाई तुरुन्तै उसको र अन्य सबै बन्धकहरूको रिहाइको लागि अनुरोध गर्दछु। उनीहरूको लागि समय बाँकी छैन।”
Sasha Troufanov’s family has authorized the publication of the video released this morning by Islamic Jihad.
Hamas captivity survivor Lena Troufanov, Sasha’s mother, stated: “I am relieved to see my son alive, but I am very worried to hear what he is saying. I urge that every… pic.twitter.com/hZbSvm6SRP
— Bring Them Home Now (@bringhomenow) November 13, 2024
बन्धक परिवार फोरमको वक्तव्य:
कैदबाट आएको साशा ट्रुफानोभको हृदय विदारक भिडियोले १०१ जना बन्धकहरूलाई तुरुन्त फर्काउनु पर्ने आवश्यकतालाई फेरी ताजा बनाएको छ । अब, जाडो नजिकिँदै गर्दा, जसले एक वर्षभन्दा बढी समयदेखि दुर्व्यवहार, भोकमरी, र अन्धकारमा कठोर परिस्थितिहरूको सामना गरेका छन्, उनीहरूको जीवन गुमाउने खतरा बढ्दै गइरहेको छ ।
विगतको बन्धक मुक्तिको सम्झौताबाट लगभग एक वर्ष बितिसकेको छ भन्ने कुरा अकल्पनीय र बुझ्न गाह्रो छ। बन्धकहरूको लागि समय बाँकी छैन । जीवितहरूलाई पुनर्स्थापनाको लागि र जसलाई हत्या गरियो, उनीहरूलाई उचित अन्त्येष्टिको लागि बन्धकहरूको रिहाइको सम्झौता नै उनीहरूलाई हामीकहाँ फिर्ता ल्याउने एक मात्र उपाय हो ।
बन्धक परिवार फोरमले गत महिना हमासले अपहरण गरेर लगेको वर्ष दिनमा पनि सरकार सँग बन्धकहरूको रिहाइका लागि एक दबाब कार्यक्रम आयोजना गरेको थियो । अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायलस्थित नेपाली राजदूतावास साथै विपिन जोशीको परिवारका तर्फबाट एक मार्मिक श्रव्य दृश्य सन्देश सहित सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो ।
सो अपहरणमा नेपाली विद्यार्थी विपिन जोशी पनि परेका छन् र उनको अवस्था कहाँ, के कस्तो छ अझै थाहा हुन सकेको छैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com