काठमाडौं– साइबर अपराध गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।
उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए
प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईलाई प्रहरीले अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रसाईंका समर्थकहरूले झापाका पनि विभिन्न स्थानहरूमा प्रदश्न गरेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com