हमासले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा हर्श गोल्डबर्ग-पोलिनको अन्तिम शब्दहरूको भिडियो सार्वजनिक गर्यो, जुन हमासद्वारा गएको हप्ता मारिएका छ जना बन्धकहरूको चौथो भिडियो हो। गत वर्ष अक्टोबर ७ मा इजरायलबाट अपहरणमा परेका उनि अमेरिकी नागरिक पनि रहेका थिए ।
हत्या हुनु पूर्व अमेरिकन इजरायली बन्धकले जो बाइडेन र नेतान्याहुलाई आफ्नो जीवन रक्षाका लागि अनुरोध गरेका थिए । हमास मनोवैज्ञानिक दबाब सिर्जना गर्न चाहन्छ ।
उसले विशेष गरी सञ्चार माध्यम र संयुक्त राष्ट्र सङ्घका निकायहरू मार्फत इजरायल र अमेरिकामाथि दबाब दिन चाहिरहेको छ । अमेरिकालाई दबाब दिन पनि हमासले अमेरिकी बन्धकलाई हत्याको लागि छनोट गरेको हुनुपर्छ ।
भिडियोमा हर्शले युद्ध समाप्त गर्नका लागि राष्ट्रपति बाइडेनको प्रशासनलाई सबै सम्भव कदम चाल्न अनुरोध गरेका छन्।
हमासको घोषणा अनुसार, “अल-कास्सम ब्रिगेडको घोषणा: आज राति ११ बजे, मारिएका हर्श गोल्डबर्ग-पोलिन बोल्नेछन्। #समय_समाप्त_हुदैछ #झूट_को_सरकार,” यसअघि नै हमासले टेलिग्राममा लेखेको थियो।
Incredible video of Hersh Goldberg-Polin: “Worst of all is my own country Israel has been trying to bomb me nonstop so they don’t have to take responsibility…Mama, Dada…hopefully I will be home soon.” His family issued a statement: “This must serve as an immediate wake-up call” pic.twitter.com/aAFm2RumBg
— Linda Mamoun (@mamoun_linda) September 6, 2024
यो सन्देश हमासले हालसालै टेलिग्राममा सार्वजनिक गरेका तीन अन्य बन्धकहरू, एडेन येरुशाल्मी, एलेक्स लोबानोभ, र कर्मेल गटको भिडियोपछि आएको हो, जसलाई हमासले आफ्नो सुरुङमा हत्या गरेको थियो। हर्शको भिडियो चौथो हो, जसमा उनीहरू मारिएका छन्।
उनीहरू मारिनु भन्दा ठिक अगाडी हमासले उनीहरूलाई इजरायल र अमेरिका विरुद्ध बोल्न लगाएका थिए । त्यही भिडियो अहिले एकपछि अर्को गर्दै हमासले सार्वजनिक गरिरहेको छ ।
हमासले घोषणा गरे अनुसार, अर्को केही दिनमा ओरी डानिनो र अल्मोग सरुसीको भिडियो पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री नेतन्याहूलाई दोष
भिडियोहरूमा बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको सरकारलाई जानाजानी बन्धक रिहाइ सम्झौतामा ढिलाइ गरेको भन्दै दोष लगाएका छन्, जसले गर्दा आफूहरूलाई हमासलाई मार्न छोडी दिएका छन् भन्ने आरोप लगाइएको छ।
हर्श गोल्डबर्ग-पोलिनका आमा बुवा, राचेल र जोनले भनेका छन्, “हामी हाम्रा छोराको (परमेश्वरको स्मरणमा) अन्त्येष्टि गरेको सात दिनको यशिवा ‘यहुदी मृत्यु संस्कार’को बिचमा छौँ । आज बेलुकी, हमासले उनको नयाँ भिडियो सार्वजनिक गर्यो, जुन उनलाई गाजा सुरुङभित्र बन्धक बनाइराख्दा खिचिएको थियो ।
हामी छोराको किरिया बसिरहँदा उनी मारिनु पहिले जीवितै छँदा खिचिएका भिडियो देखाएर शोकको यो घडीमा हामीलाई अझ पीडा थपेको छ र भाव विह्वल बनाएको छ ।
यो संसारलाई तत्काल जागरूक गराउने सङ्केत हो कि बाँकी १०१ बन्धकहरूको रिहाइको लागि आजै कदम चाल्नुपर्छ, अन्यथा धेरै ढिलो हुनेछ। कुनै पनि परिवारले हाम्रा परिवारले भोगेका दुखद अनुभवहरू झेल्नु नपरोस्।”
हमासले बन्धक बनाएका नागरिक हरू छुटाउन सबै लचकता अपनाइयोस् र त्यो छिटो पहल होस् ।
यो पनि पढ्नुहोस
हमासद्वारा अपहरित महिलाको हत्या हुनु पूर्व रेकर्ड गरिएको कारुणिक भिडियो
हमासले अमेरिकी बन्धकको हत्या गरेपछि अमेरिका क्रुद्ध, लगायो यस्ता अभियोग
हमासद्वारा हत्या हुनु पहिले बन्धकहरुलाई इजरायली सरकार बिरुद्ध के भन्न लगाइयो ? भिडियो सहित
हमासको अपहरणमा परी मारिएका बन्धक हर्ष गोल्डबर्गका बुबा आमाले गत अक्टोबर ७ मा उनी अपहरणमा परेपछि उनको रिहाइका लागि सैयौं कार्यक्रम र अनुरोध गरेका थिए । अन्तत हमास समुहले मनोवैज्ञानिक त्रास सिर्जना गरेर आफ्ना मागहरु पुरा गर्नको लागि उनको हत्या गरि दिएको छ । तलको भिडियोमा उनका बुबा आमाले उनलाई बोलाउदै गरेको दर्दनाक दृश्य देख्न सकिन्छ
A scream that should pierce your heart.
The parents of hostage Hersh Goldberg-Polin stood at the border of Gaza today and screamed to their son, praying he might hear them. pic.twitter.com/6Q1UkPtK4c
— Aviva Klompas (@AvivaKlompas) August 29, 2024
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com