हमासले मनोवैज्ञानिक आतंकवादका लागि मृत बन्धकहरुको भिडियो एकपछि अर्को गर्दै सार्वजनिक गरेको छ । अधिकांश मृत बन्धकका परिवारले भिडियो संचारमा प्रसारण नगर्न अनुरोध गरेका छन् भने केहिले पुरै प्रसारण नगरी सिमित मात्रामा देखाउन भनेका छन् ।
“मलाई थाहा छैन म यहाँ बाट जिउँदै निस्कन पाउछु कि पाउदिन,” कार्मेल गाटले अन्तिम सम्बोधनमा भनिन् । हमासले कार्मेलको हत्या गर्नु पूर्व रेकर्ड गरेको भिडियोमा उनको हृदयविदारक अनुरोध सार्वजनिक भएको छ।
कार्मेल गाटको परिवारले संचार मध्यमलाई हामासद्वारा सार्वजनिक गरिएको यो भयावह भिडियो प्रकाशन गर्न अनुमति दिएको थियो, जुन हमास द्वारा सिर्जित मनोवैज्ञानिक आतंकवादको पछिल्लो उदाहरण हो।
“म कार्मेल, ३९ वर्षकी, बेरी (उनी बसोबास गर्ने किबुच) बाट। मलाई अक्टोबर ७ मा मेरो बाबुआमाको घरबाट अपहरण गरिएको थियो, र मलाई के भइरहेको छ भन्ने कुरा थाहा छैन,” गाटले भनिन्। “मलाई यहाँ बन्धक बनाइएको छ, न पर्याप्त खाना छ, न पानी। मुख्य रूपमा, म यो ठाउँबाट जिउँदै निस्कने हो कि होइन भन्ने मलाई थाहा छैन।”
“म इजरायल राज्य र यसको नेता बेंजामिन नेतान्याहूसँग अनुरोध गर्दछु, कृपया हामीलाई यस्तो अवस्थामा नछोड्नुहोस् र हामीलाई घर फर्काउनुहोस्,” उनले थपिन्। “म इजरायली नागरिकहरूलाई अनुरोध गर्दछु, हाम्रो लागि संघर्ष जारी राख्नुस्, हामीलाई नछोड्नुस्। र मेरो प्रिय परिवार, आशा छ म फर्किंदा मसँग अझै परिवार हुनेछ। म तिमीहरूलाई धेरै माया गर्छु।”
यो पनि पढ्नुहोस
हमासले अमेरिकी बन्धकको हत्या गरेपछि अमेरिका क्रुद्ध, लगायो यस्ता अभियोग video
हमासद्वारा हत्या हुनु पहिले बन्धकहरुलाई इजरायली सरकार बिरुद्ध के भन्न लगाइयो ? भिडियो सहित
इजरायले एक बन्धकलाई हमासको कब्जाबाट सकुशल फिर्ता गर्यो
कार्मेल गाटका भान्जा गिल डिकम्यानले भने, “उनको आवाज सुन्नु निकै भावुक बनाउने क्षण थियो। हृदयविदारक कुरा के थियो भने उनलाई यो थाहा थिएन कि उनको बाबु, भाइ र भतिजीलाई बचाइएको छ र उनको भाउजु पनि हमास संग भएको युद्ध विराम सम्झौतामा फर्किएकी छन्।
जुलाईमा नेतान्याहूले युद्ध विराम सम्बन्धी एउटा सम्झौता गर्न इन्कार गरेका थिए, जसले कार्मेललाई हत्या गर्ने व्यक्तिबाट बचाउन सक्थ्यो – र त्यसले कार्मेललाई मृत्युदण्डको सजाय दियो। उहाँको पूर्ण असफलताले थप अपहरण गरिएका व्यक्तिहरूको हत्या निम्त्याएको छ। अब धेरै ढिलो हुनुअघि नै हामीलाई युद्ध विराम सम्झौता चाहिन्छ।”
Hamas psychopaths filmed propaganda videos with the hostages before they savagely executed them.
This is Carmel Gat before Hamas death squads shot her in the head.
Her family wants you to watch this. pic.twitter.com/Mc8uMocdDh
— Eylon Levy (@EylonALevy) September 4, 2024
बन्धकका परिवार, विपक्षी पार्टी लगायत बिभिन्न सामाजिक अभियन्ताहरुले बन्धकहरुको रिहाइ नै इजरायलको पहिलो शर्त हुने पर्ने भन्दै नेतान्याहू सरकारको युद्ध नीतिको बिरोध गरिरहेका छन ।
Carmel Gat, a young woman who captured the hearts of an entire nation with her radiant smile, wise and compassionate gaze, and the poignant stories shared by her family, friends, and those who were freed from captivity.
Carmel Gat—frightened, weak, scared, broken, hurt, and… pic.twitter.com/FYe1hRi4IE
— Bring Them Home Now (@bringhomenow) September 5, 2024
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: हमासले सार्वजनिक गर्यो चौथो मृत बन्धकको भिडियो - नेपाल इजरायल डट कम (nepalisrael.com)