काठमाडौं – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताएका हुन् ।
साथै उनले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताए ।
बैठकमा उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । इजरायलीहरूले नेपालीहरूको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठुलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’
मेरो कलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर संयुक्त रूपमा काम गर्न सक्यौँ भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ । ’
‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौँ भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईँको प्रतिनिधि तयार हुनेछ, ‘संसदीय सुनुवाइ समितिमा पण्डितले भने, ‘यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौँ, यो सबैको हो त्यसैले त्यागका साथ भोग गर्यौँ भने मलाई लाग्दैन यो समस्या धेरै रहन्छ ।’
यो पनि पढ्नुहोस
इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ [भिडियो]
इजरायलको राजदूतमा नियुक्त भएमा आफूले नेपाल सरकारको नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रको हितका पक्षमा काम गर्ने पण्डितको भनाइ थियो । उनले राष्ट्रको समुन्नतिको लागि काम गर्ने बताउँदै चाणक्य नीति र कृष्ण नीतिलाई अवलम्बन गरेर राजदूतको काम गर्ने बताए ।
पण्डितले नेपाल र इजरायली सेनाबीच सैनिक तालिम आदानप्रदान र गुप्तचरी सीप आदानप्रदानका लागि पनि भूमिका खेल्ने बताए । उनले देशलाई विश्वसामु शिर ठाडो पार्ने गरी आफ्ना कामहरु गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्राध्यापक पण्डितको प्रतिबद्धताको पूर्ण पाठ हेर्नुहोस
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com