इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो ।
समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरुले प्रश्न गर्नेछन् ।
सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगे छ ।
प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com