काठमाडौं । इजरायलमा बेन्जामिन नेतन्याहू सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उत्रिएका छन् । बन्धकका परिवारहरुले सरकारले हमाससंग युद्धविराम गरेर बन्धकहरु फिर्ता गर्न दवाव दिइ रहेका छन ।
गाजामा बन्धक बनाइएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । बन्धक रिहा गर्न सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।
बन्धकहरु छुटाउन भन्दै इजरायली सैनिकले गाजामा कारवाही जारी राखेको छ, जसले उल्टै अपहरणमा परेकाहरुको ज्यान खतरामा पारेको बन्धकका परिवारहरुको बुझाइ छ । केही बन्धकहरु लुकाइएका स्थान नजिक इजरायली सैनिक पुगेको थियो । सम्भवत: इजरायली सैनिकले फिर्ता लाने डरले हमासले छ बन्धकहरुको हत्या गरिदिएका थिए ।
आतंककारीहरु संग बल प्रयोग गरेर समस्याको समाधान नहुने उनीहरुको तर्क छ । हमासलाई कारवाही गर्दा सरकारले उल्टो बन्धकहरुको ज्यान जोखिममा पारेकोले नेतान्याहू सरकारको युद्ध नीतिको बिरोध हुदै आएको छ ।
हातमा इजरायली झन्डा बोकेर तेल अभिभ, जेरुसेलम र अरू धेरै सहरमा प्रदर्शनकारी निस्किएका छन् । हमाससँग सम्झौता गर्न सरकारले धेरै काम नगरेको उनीहरूको भनाइ छ ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सयजनाको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।
आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो । तर, भीडले पछि प्रहरीका अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध गरियो । आन्दोलनकारीले टायर पनि जलाए ।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हड्तालको घोषणा गरेको छ । बन्धकको रिहाइका निम्ति सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार दक्षिणी गाजाको रफाहस्थित सुरुङमा ६ शव फेला परेको जनाएको थियो । बीबीसीबाट ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com