आइतबार इजरायली सैन्य बल (IDF) ले गाजामा लगिएका बन्धकहरूमध्ये छ जनाको शव रफाहबाट फिर्ता ल्याएको छ । यी बन्धकहरू सम्भवत: काइद फरहान अल-अलकादीलाई गत हप्ता भेटिएपछि मारिएका हुन्। गत हप्ता इजरायली सैनिकले एक बन्धकको सकुशल उद्धार गर्न सफल भएको थियो ।
भेटिएका शवहरू गाजा पट्टीमा हमासको कब्जामा रहेका बन्धकहरू हर्श गोल्डबर्ग-पोलिन, इडेन येरुशलमी, कार्मेल गाट, आलमोग सारुसी, अलेक्जेन्डर लोबानोभ, र ओरी डानिनोकाको भएको कुराको पुष्टि आइतबार बिहान इजरायली सैन्य श्रोतले गरेको छ ।
प्राप्त शवहरू मध्ये ४ पुरुषहरुका छन भने दुई महिलाको शव रहेको छ ।
गाजाको रफाह शहर अन्तर्गतको सुरुङबाट बन्धकहरूको उद्धार गर्ने कोसिसमा आईडीएफ खटिरहेको छ । सम्भवत: आईडीएफले रफाहमा उनीहरूलाई भेट्नु अघि नै हमासद्वारा उनीहरू मारिएका हुन् ।
अहिले भेटिएका शवहरू काइद फरहान अल-अलकादी, उमेर ५२, भेटिएको स्थानबाट मात्र एक किलोमिटर टाढा भेटिएका थिए ।
अलकादीलाई भेटिएपछि, आईडीएफले उक्त क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको थियो, तर हमासले इजरायली सेना नजिकै आएको थाहा पाएपछि यी छ जना बन्धकहरूलाई आईडीएफले जिउँदै फिर्ता नलैजाओस भनेर हत्या गर्ने कदम उठाएको अनुमान गरिएको छ ।
शनिबार आईडीएफले शवहरू इजरायली बन्धकका हुन् या होइनन भनेर पहिचान गर्न सकेका थिएनन ।
शवहरूको उद्धार
सामाजिक सञ्जालमा सम्भावित बन्धकहरूको मारिएको हल्ला चलेको थियो, यद्यपि आईडीएफले शनिबार यसको कुनै पुष्टि गरेको थिएन जबसम्म शवहरू इजरायल फर्काइएको थिएन र सम्बन्धित पेशेवर विशेषज्ञहरूले शवको जाँच गरेका थिएनन् ।
आईडीएफ स्रोतले भने, वास्तवमै बन्धकका यी शवहरू लडाई या दोहोरो भिडन्तमा मारिएका होइनन किनकि इजरायली सैनिकहरूले नजिकै उक्त क्षेत्रमा सम्भावित बन्धकहरु लुकाइएको हुनसक्ने भएको हुनाले हमाससँगको हाल कुनै बल प्रयोग गरेका थिएनन ।
यो पनि पढ्नुहोस
हमास लडाकुले जबरजस्ती मोटरसाइकलमा लगिएकी युवति सहित ४ बन्धकको उद्धार
इजरायले एक बन्धकलाई हमासको कब्जाबाट सकुशल फिर्ता गर्यो
आईडीएफको आइतबार बिहानको घोषणापछि तुरुन्तै बन्धक र हराएका परिवारहरूको मञ्चले शोक विज्ञप्ति जारी गरेर भन्यो,
“गहिरो दुःखका साथ भनिरहेका छौं, हामीले फेरि हाम्रा छ जना बन्धकहरू गुमायौं ।
यी छ जनालाई जिउँदै गाजा लगिएको थियो, उनीहरुले बन्धकको रूपमा लामो समय कष्ट भोगे । त्यसपछि अन्तत हमासले आइडिएफ़ले फिर्ता लैजाने डरले अमानवीय रुपमा हत्या गर्यो। मानव सभ्यताको कहालीलाग्दो यो घटनाको भ्रत्सना गर्दछौं ”
“बन्धकहरूको फिर्ता र युद्धविरामका लागि सम्झौता वार्ता दुई महिनाभन्दा बढी समयदेखि टेबुलमा रहेको छ। वार्तामा ढिलाइ, धोका र बहानाहरूका कारण हामीले आज बिहान यी व्यक्तिहरूको मृत्युको खबर सुन्नु पर्यो , उनीहरू अझै जीवित हुन सक्थे।
जीवितलाई पुनर्वासका लागि, र मरेका र हत्या गरिएका व्यक्तिहरूलाई उनीहरूको मातृभूमिमा गाड्नका लागि अब हामीले हाम्रो बन्धकहरूलाई घर फिर्ता ल्याउने समय आएको छ ” विज्ञप्तिमा भनिएको छ । बन्धकका परिवारहरुले सरकारलाई हमाससंग युद्धविराम गरेर बन्धकहरु फिर्ता गर्न दवाव दिइ रहेका छन ।
नेपालका विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा रहेको विश्वास गरिएको छ यस घटनाले उनको रिहाईमा थप जटिलता थपेको छ ।
यो पनि पढ्नुहोस
युद्धविरामलाई लिएर इजरायलका प्रधानमन्त्री र रक्षामन्त्री बिच भनाभन
इजरायली सेनाले गाजापट्टीमा ६ जना बन्धकको शव फेला पारे
IDF ले हमासले बन्धक बनाएर लगेका पाँच इजरायलीको शव फिर्ता ल्यायो
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: हमासले अमेरिकी बन्धकको हत्या गरेपछि अमेरिका क्रुद्ध, लगायो यस्ता अभियोग [video] - नेपाल इजरायल डट कम (n