काठमाडौँ – इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ ।
उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए । अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो । नोआ बाहेक तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन् । उद्धार गरिएका बन्धकहरुमा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई उद्धार गर्ने अभियान निकै कठिन र जोखिमपूर्ण रहेको बताए । हमासले इजरायली नागरिकहरूलाई मध्य गाजाको नुसिरत क्षेत्रमा दुई फरक ठाउँमा लुकाएर राखेको थियो । उनीहरुको रिहाइका लागि सेनाले जमिन, हवाई र समुद्रबाट आक्रमण गरेको थियो । उनीहरु हमासको अपहरणमा परेको २४६ दिनपछि रिहा भएका हुन् ।
इजरायलको वाईनेट मिडिया हाउसका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्टले बिहीबार साँझ मध्य गाजाको नुसिराटबाट चार बन्धकहरूलाई उद्धार गर्ने अभियानलाई अनुमोदन गरेका थिए । यसका लागि उनले युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठक पनि रद्द गरेका थिए ।
प्रधानमन्त्री नेतन्याहु आफैंले शिन बेट सेक्युरिटी सर्भिसको वार रुमबाट यस मिसनको गतिविधिको बारेमा क्षण-क्षण जानकारी लिइरहेको बताइएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले यसको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गाजा पट्टीबाट ४ जना बन्धकको रिहाइमा इजरायल निकै खुसी भएको लेखेका छन् । यसअघि इजरायलले फेब्रुअरीमा अपरेसनका क्रममा दुई जना बन्धकलाई उद्धार गरेको थियो ।
अहिलेपनि १२० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध भएको छैन ।
नुसिरातको मुटुमा रहेका दुई छुट्टाछुट्टै स्थानबाट ’जटिल दिनको अपरेसन’मा रहेको सेनाले जनाएको छ ।
सेनाले दुर्लभ बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निशाना बनाइरहेको बताएको थियो ।
गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिवार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।
हमासले ‘मृतकका शव र घाइतेलाई सुरक्षित कोठामा राखिएको’ बताएको छ र ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ आरोप लगाएको छ ।
गाजाको एक अस्पतालमा बिहीवार संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा ३७ जनाको मृत्यु भएपछि इजरायलमाथि बढ्दो दबाबका बावजुद नुसिरातमा आक्रमण भएको हो ।
इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएले इजरायलले ६ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा यूएनआरडब्लूएले ‘पूर्व चेतावनीबिना’ ‘विद्यालयमा बनाइएको आश्रयस्थल’ लाई आक्रमण गरिएको बताएको छ ।
इजरायलले गाजामा संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई हमास आतंकवादी गतिबिधि संचालन गर्नको लागि परिचालन केन्द्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com