ह्यूस्टन – ह्यूस्टन पुलिसले २१ वर्षीय नेपालकी एक युवतीको हत्यामा प्रकरणमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
हिजो उनको सिसिटिभी फोटो सार्वजनिक गरेको केही घण्टा भित्रै उनी पक्राउ परेका हुन् । अनुसन्धानसँग निकट स्रोतले लाई पुष्टि गर्यो कि उनी पक्राउ परिसकेका छन् ।
पुलिसको अनुसार,संदिग्ध व्यक्ति मुना पाण्डेको हत्यामा संलग्न रहेको विश्वास गरिएको छ, जसलाई सोमबार साँझ ह्यूस्टनको दक्षिणपश्चिमी अपार्टमेन्टमा गोली हानी मारिएको अवस्थामा फेला पारिएको थियो।
स्रोतका अनुसार, उनलाई बुधबार राति ८ बजेपछि एक बस स्टपमा पक्राउ गरिएको हो । संदिग्धको बारेमा प्राप्त गरिएको तस्बिर तथा केही थप सूचनाहरूका आधारमा उनी पक्राउ परेका हुन् ।
संदिग्धको पहिचान भने खुलाईएको छैन, र उनलाई राति १० बजे भन्दा पहिले सोधपुछ भइरहेको थियो ।
ह्यूस्टन पुलिसले दक्षिणपश्चिम ह्यूस्टन अपार्टमेन्टभित्र भएको २१ वर्षीय विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको खोजी गरिरहेका थिए ।
पाण्डे नेपालकी हुन्, उनका साथीहरुका अनुसार मुना पाण्डे २०२१ मा अमेरिका आएको थिइन् र ह्यूस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययन गरिरहेकी थिइन्। उनले स्थानीय फोन स्टोरमा पनि काम गरेकी थिइन्।
“म उनलाई साँच्चिकै प्रशंसा गर्छु किनकि… उनी अमेरिकामा एक्लै आएर संघर्ष गरिरहेकी साहसी विद्यार्थी थिइन् ” उनका लामो समयका निकट मित्रले भने। “उनले सँधै आफूमा केही गर्न सक्छु भन्ने विश्वास गर्थिन्। उनले ठुलो आत्मविश्वास भएकी युवति थिइन्।”
पुलिसका अधिकारीहरूले सोमबार साँझ ५:३५ बजे उनको अपार्टमेन्टमा पुगे, जब स्टाफ सदस्यले ९११ अपरेटरलाई फोन गरेर घटनाको रिपोर्ट दिएको थियो। पाण्डेको शरीरमा ३ गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् ।
फोटोमा मुना पाण्डेको अपार्टमेन्टबाट संदिग्ध निस्किरहेको देखिन्छ।
“म कल्पना पनि गर्न सक्दिन कि उनले हतियार भएका पुरुषलाई देख्दा कस्तो महशुस गरिन होला ?” उनका साथीले भनिन्।
पाण्डेको बिरालो अहिले उनको साथीको हेरचाहमा छ, र बिरालो पुरुषहरूको झस्कने आवाजप्रति संवेदनशील भएको बताइएको छ।
पुलिसले हत्या किन र के कारण भयो यसबारे केही सार्वजनिक गर्न सकेका छैनन्। पाण्डेका मित्रहरूका अनुसार उनलाई आफ्नो कामबाट संदिग्धले नै घरमा लगिदिएका हुन सक्छ भन्ने चिन्ता व्यक्त गरे । “मलाई लाग्छ कि उनले मृतकलाई घरसम्म पछ्याएको हुनुपर्छ, किनकि उनी कसैलाई भित्र प्रवेश गर्न दिन्न थिइन्,” मित्रले भनिन्।
मित्रहरूले पाण्डेलाई ठेगाना साझा गर्नमा सतर्क र आफ्नो अपार्टमेन्टको ढोका दोबर लक गर्ने व्यक्तिको रूपमा वर्णन गरे। उनीहरूले उनलाई संदिग्धको फोटो कैप्चर गर्न मद्दत गरेका थिए।
बुधबार साँझ, पाण्डेका साथिहरूले उनको अपार्टमेन्ट बाहिर फूल र तस्बिर राखेर मैनबत्ती जलाएर हार्दिक श्रद्धान्जली अर्पण गरेका थिए ।
उनी यो संसारमा छैनन् भन्ने विश्वास गर्न असाध्य कठिन भैरहेको छ , “कसैले उनलाई बिर्सन सक्दैन र कसैले पनि उनलाई बिर्सन सक्दैन। उनीसँग त्यो प्रकारको व्यक्तित्व थियो।”
उनका अरु साथीहरु सम्मान अर्पण गर्न आए, तर क्यामेरामा बोल्न असमर्थ भए, तर पाण्डेले आत्मविश्वास फैलाएको र अरूलाई संघर्ष गर्न प्रेरणा दिएको बताए।
मित्रहरूको अनुसार, पाण्डेको आमा अहिले आपतकालीन भिसा प्राप्त गर्न अमेरिका आउनको लागि प्रयास गर्दैछिन् र आफ्नी छोरीको लागि न्याय खोज्न मद्दत मागिरहेकी छिन । उनी एकल आमाकी एक्ली सन्तान थिइन्।
यो मामिलामा कुनै थप जानकारी भएमा, प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ ।
यो पनि पढ्नुहोस –
ममता काफ्ले प्रकरण :
बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com