सावधानी: कृपया विचार गर्नुहोस् – यो समाचारले केही पाठकहरूलाई असहज बनाउन सक्ने विषयहरू समेट्छ ।
म्यानासस, भर्जिनिया — पछिल्ला केही हप्ताहरूमा नरेश भट्टले आफ्नो श्रीमती ममता हराएको बारेमा सञ्चारमाध्यमहरूलाई जानकारी दिएका थिए, तर शुक्रबार बिहान उनी एक न्यायाधीशको सामु उभ्याइए, जहाँ अदालतमा पेश कागजातहरू अनुसार उनलाई ममताको हत्या गरेको र उनको शव लुकाएको आरोप लगाइएको छ।
नरेशलाई बिहीबार म्यानासस पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले उनको घरबाट पक्राउ गरे, दुई दिनसम्मको अनुसन्धानपछि उनलाई भर्जिनियामा लाग्ने ‘शव लुकाउने विरुद्धको प्रतिबन्ध’ कानूनको उल्लङ्घन गरेको आरोप लगाइयो, जुन एक गम्भीर अपराध हो।
अदालतमा, अभियोजनकर्ताहरूले नरेशले जुलाई ३० को आसपास हिथर कोर्टमा रहेको उनीहरूको घरमा आफ्नी श्रीमतीलाई हत्या गरेर उनको शवलाई बाहिर “तानेको” आरोप लगाए।
घरको खोजीका क्रममा प्रहरीले मास्टर बेडरुममा रगतको पोखाहरू फेला पारे, जसले मास्टर बाथरुम र बाथटबको वरिपरि पुर्याएको देखिन्छ। तर, कुनै डीएनए परीक्षण भने गरिएको छैन।
यस बिन्दुमा, म्यानासस पार्क प्रहरी अधिकारीहरूले ममता काफ्ले भट्टलाई मृत घोषित गरेका छन्, तर यस घटनासँग सम्बन्धित कुनै पनि हत्या अभियोगको घोषणा गर्न सकेका छैनन् र उनीहरूले शव पनि भेटाउन सकेका छैनन । प्रतिरक्षा वकिलहरूले नरेशलाई ‘क्लास ६’ को गम्भीर अपराधको आरोपमा थुनामा राख्न पर्याप्त प्रमाण नभएको तर्क गरे । नरेशले आफ्नो पासपोर्ट बुझाउने र आदेश भएमा जीपीएस निगरानीमा रहने वचन दिएका थिए ।
नरेशका रक्षापक्षका वकिलले न्यायाधीशलाई नरेशको हिंसात्मक इतिहास नभएको र उनको अपराध प्रमाणित गर्नका लागि पर्याप्त प्रमाण नभएको साथै उनले हत्या गरेको स्वीकारोक्ति पनि नगरेको बताएका छन्।
न्यायाधीशले नरेशको धरौटीको सर्तहरू परिवर्तन नगर्ने निर्णय गरिन्, जसको अर्थ नरेश पुलिस हिरासतमा नै रहनेछन्, उनी धरौटीमा छुट्न पाएनन । नरेशको धरौटी सुनुवाइ सोमबारका लागि निर्धारण गरिएको छ।
झस्काउने खालका विवरणहरू
“हामीले सुनेको कुरा हाम्रो कल्पना भन्दा पनि भयावह थियो… विवरणहरू पूर्ण रूपमा झस्काउने खालका छन्,” ममताकी पूर्व सहकर्मी होली विर्थले भनिन्।
ममता भट्टको हराएको रिपोर्ट अगस्ट ५ मा गराइएको थियो, जब नरेशले अन्तिम पटक उनलाई जुलाई ३१ मा देखेको बताएका थिए। बिहीबार प्रहरीले ममता अन्तिम पटक जुलाई २८ मा देखिएको र अन्तिम सम्पर्क जुलाई २९ मा भएको बताएका थिए।
जुलाई २८ मा ममताले आफ्नो टिकटकमा अन्तिम पटक पोस्ट गरेकी थिइन्, जहाँ उनले आफु र आफ्नो छोरी नीमाका भिडियोहरू सेयर गरेकी थिइन्।
अधिकारिहरूले भनेका छन्, अनुसन्धानको क्रममा नरेशले सहयोग नगरेको र अगस्ट ५ सम्म कुर्दै हराएको व्यक्तिको रिपोर्ट आधिकारिक रूपमा दर्ता गराएका थिए।
Outside the courtroom, those who cared for Mamta are speaking out. pic.twitter.com/74LJt4iToT
— Joy Wang (@Joy7News) August 23, 2024
प्रहरीले अगस्ट १ मा युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्ने ममताका सहकर्मीहरूले कल गरेर उनको कुशलक्षेमको जानकारी मागेपछि उनको घरमा गए। अधिकारीहरूका अनुसार ममता हप्तामा दुई दिन अस्पतालमा काम गर्थिन् र अगस्ट १ र २ मा काम गर्नुपर्ने थियो, तर उनले फोन नगरेको र काममा नआएको देखेर सहकर्मीहरू चिन्तित भए।
अदालतमा, अधिकारीहरूले नरेशले अगस्ट १ मा प्रहरीले गरेको जाँचमा ममता आफ्ना आफन्त भेट्न न्युयोर्क वा टेक्सास गएकी बताएको र पछि ती क्षेत्रहरूमा उनका कुनै आफन्त नभएको पत्ता लागेको बताए। नरेशले ममता हराउनु अघि आफ्नो फोन नष्ट गरेको दाबी गरे, तर अभियोजनकर्ताहरूले फोन जुलाई २९ सम्म डाटा प्राप्त गरेको र अगस्ट १ मा बन्द भएको बताए।
अभियोजनकर्ताहरूका अनुसार नरेशलाई जुलाई ३० मा चान्तिली वालमार्टमा तीनवटा चक्कुको प्याक किन्दै गरेको देखिएको थियो, र जुलाई ३१ मा उनलाई लाउडन काउन्टी वालमार्टमा सरसफाइका सामग्रीहरू किनिरहेको देखिएको थियो। अभियोजनकर्ताहरूले अदालतमा भनेका छन् कि नरेशले खरीद गरेका तिनवटा चक्कु मध्ये दुईवटा फेला परेनन् ।
अभियोजनकर्ताहरूले अनुसन्धानको क्रममा घरभित्र अस्तव्यस्त र अराजक दृश्य भएको चित्रण गरे; एक सुटकेस प्याक गरिएको थियो र ह्याङ्गरबाट सामानहरू हराएका थिए। प्रहरीले उनको पासपोर्ट घर पस्ने बितिकै भेटेका थिए ।
गाडी र घर बेच्ने प्रयास
अधिकारिहरूका अनुसार नरेशले अगस्ट १९ मा आफ्नो टेस्ला गाडी बेचे र दुईजना साक्षीहरूले प्रहरीलाई उनले आफ्नो घर पनि बेच्ने प्रयास गरेको बताए।
उक्त जोडीको १ वर्षकी छोरी छिन्, जसलाई समाज कल्याण सेवाको हेरचाहमा लगिएको देखिएको थियो। ममताको परिवार, जो नेपालमा बस्छन्, लाई शुक्रबार आपतकालीन भिसा प्रदान गरिएको छ, जसले गर्दा उनीहरू ममताकी छोरीको आपतकालीन हेरचाहका लागि अमेरिकामा आउन पाउन भनेर उनको आप्रवासन वकिल बन्दिता शर्मा दाहालले बताइन् । बच्चीको हेरचाहको लागि ममता काफ्लेको पारिवारिक सदस्य दाजु र आमा नेपालबाट अमेरिका आउदै हुनुहुन्छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
2 Comments
Pingback: अमेरिकामा फेरी अर्की नेपाली युवतीको गोली हानी हत्या - नेपाल इजरायल डट कम (nepalisrael.com)
Pingback: अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने व्यक्ति पक्राउ - नेपाल इजरायल डट कम (nepalisrael.com)