थाहा नगरपालिका– १ का वडाध्यक्ष हेरमान गोपाली अवैध बाटो हुँदै इजरायल पुगेका छन्। उनी एक महिनाअघि थाइल्याण्डको बाटो हुँदै इजरायल पुगेका हुन्। वडाध्यक्ष गोपाली पहिला पनि इजरायलमा काम गरेका फर्किएका हुन्।
थाहा नगरपालिका उप–प्रमुख भरत गोपालीका अनुसार उनी गत महिना थाइल्यान्डको एउटा कार्यक्रममा जाने भनेर हिडेका थिए। अहिले उनी इजरायल पुगेको सूचना आएको छ। उनले राजीनामा भने दिएका छैनन्। ‘उहाँ गत महिना थाइल्यान्डमा एउटा कार्यक्रममा जानु छ भनेर जानु भएको हो,’ उनले भने, ‘अहिले इजराय पुगेको थाहा पाइयो। योभन्दा अरु थाहा छैन।’
वडाअध्यक्ष गोपाली नगरपालिकाको प्रवक्तासमेत थिए। वडाध्यक्ष गोपालीले दुई महिनाअघि नै वडासदस्य सरोज प्रधानलाई कार्यवाहक बनाएर हिँडेको वडा कार्यालयले जनाएको छ।
उनी नेकपा माओवादीबाट वडाध्यक्षमा विजय भएका थिए। पछिल्लो समय थाइल्याण्ड, भियतनाम, श्रीलंकालगायत हुँदै नेपालीहरू इजरायल जाने गरेका छन्। म्यानपावर कम्पनी वा एजेन्टले युद्धग्रस्त देश इजरायल रोजगारीमा पठाइरहेका छन्।
इजरायल र हमास युद्धपछि नेपालले इजरायलका लागि अस्थायी रुपमा श्रम स्वीकृति नै बन्द गरेको छ । अवैध बाटो भएर इजरायल पुगेका युवाहरूले जनवरी लागेपछि इजरायल पुगेको, काम गरेको फोटोहरू नगर्ने एजेन्टले दबाब दिएका छन्। यसरी जाने युवाहरूसँग एजेन्टले प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म लिने गरेका छन्। अवैध बाटो हुँदै इजरायल रोजगारीमा जानेहरूले ४ देखि १० दिनमा त्यहाँ पुग्ने गरेका छन्।
युद्धका कारण देखाउदै नेपालबाट इजरायल प्रवेशको लागि श्रम स्वीकृति दिइएको छैन । अवैध बाटो हुदै इजरायल गएपनि इजरायल पुगिसके पछि भने उनीहरुले वैधानिक रुपमै कृषिमा काम गर्ने भिषा प्राप्त गरेका छन् । जस अन्तर्गत उनीहरुले वैधानिक कामदारले प्राप्त गर्ने सम्पूर्ण सुबिधा पाउछन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com