नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायलको आठौं बार्षिक अधिबेशन यहि सेप्टेम्बर ८ तारिख २०२३ शुक्रवारका दिन हुने भएको छ ।
संस्थाद्वारा जारी सूचना अनुसार मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्था अभियान भन्ने मुल नाराका साथ बिगत ९ बर्षदेखि उक्त संस्था सक्रिय रहेको छ ।
स्थापनाकाल देखि नै नेपालमा आइपर्ने प्राकृतिक प्रकोपबाट पीडित , दीनदू:खी, गरिब , बिरामीहरुलाइ सहयोग गर्दै आइरहेको छ नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल ।
आठौँ अधिबेसन मार्फत नयाँ कार्यसमितिको पनि चयन गरिने छ। जसको लागि मनु श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ जसमा भीमा थापा र शान्ता ज्ञवाली अधिकारी सदस्य रहेका छन् ।
संयोजक श्रेष्ठका अनुसार संस्थालाई नेतृत्व गर्न इच्छुक आजीवन सदस्यहरुले यहि सेप्टेम्बर १ तारिख भित्रमा निर्वाचन समितीमा निवेदनसहित सम्पर्क राख्न सक्ने बताएकी छिन् ।
आजीवन सदस्य ज्युहरु कार्यसमिति भित्र रहेर सस्था लाई योग्दान दिन चाहानु हुन्छ भने यही मिति २०२३ सेप्टेम्बर १ तारिख भित्रमा निर्वाचन समितीमा निवेदन सहित सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दै यो सूचना प्रकाशित गरीएको छ ।
उक्त अधिबेशनलाई सफल बनाई दिनको लागि संस्थाका सम्पुर्ण आजिबन सदस्यहरु , सामाजिक-धार्मिक संस्थाहरु , राजनैतिक दलका भात्रृ संघसंस्थाहरु, साहित्यिक संस्थाहरुसहित जनजाती आदिबासी संघसंस्था लगायत इजरायलमा कार्यरत सम्पुर्ण नेपालीहरुमा उक्त दिन उपस्थिति भएर सहभागी हुनलाई संस्थाले अपिल गरेको छ ।
यस्तो छ संस्थाद्वारा जारी सूचना !
” मनोरञ्जन ,परोपकार र लगानीको क्षेत्र पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान ” भन्ने मुल नारा लाई आत्मसात गर्दै यसै कर्म भुमी इजरायलमा २०७० सालमा स्थापना भै नेपालमा आइ पर्ने प्राकृतिक प्रकोप बाट पीडित , दिन दुखी , गरिब , अशक्त , अपांग ,विभिन्न प्रकारका रोगले ग्रसित बिरामी हरुलाइ सयोग गर्दै आइ रहेको हाम्रो गौरवशाली सस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था (इजरायल शाखा ) नमस्ते नेपाल समन्वय समिति इजरायलको मिती २०२३ सेप्टेम्बर ८ तारीख शुक्रबार आठौं अधिबेशन हुन गैइ रहेको हुदा यस सस्थाका आजीवन सदस्य ज्युहरु कार्यसमिति भित्र रहेर सस्था लाई योग्दान दिन चाहानु हुन्छ भने यही मिति २०२३ सेप्टेम्बर १ तारिख भित्रमा निर्वाचन समितीमा निवेदन सहित सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दै यो सूचना प्रकाशित गरीएको छ ।
नोट :
निर्वाचन समिती :
१)संयोजक : श्री मनु श्रेष्ठ
0549015616
२) सदस्य : श्री भिमा थापा
0505213965
३) सदस्य : श्री शान्ता अधिकारी ज्ञवाली
0549072731
श्री मनु श्रेष्ठ
संयोजक
निर्वाचन समिती
आठौं अधिबेशन
२०२३
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com