नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
आज मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्।
नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।
५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो। नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।
उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।
केही भन्नु छ भने 💬