काठमाडौं, २२ असोज । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।
कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।
इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।
हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।
शेदोत नेगेभमा रहेका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’
इजरायलको अति प्रभावित क्षेत्रमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्सालका अनुसार युद्धको जोखिममा रहेका ५५ जनालाई तेल अबिबस्थित नेपाली दूतावासको पहलमा सेल्टरमा सारिएको हो।
‘असुरक्षित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित क्षेत्रमा सारिसकेका छौं। आज सेल्टरमा हुनुहुन्छ उहाँहरु। आजै जतिसक्दो छिटो बंकर भएको स्थानमा लैजाने तयारी भइरहेको छ’लम्सालले भनिन ।
१० नेपालीको मृत्यु
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच भएको लडाइँमा १० नेपालीको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्। केही घाइते रहेको अबिबस्थित नेपाली दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपालबाट कृषि फार्ममा काम गर्न र सिक्न ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सूदुरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरु हमासको आक्रमणमा परेका हुन्।
उनीहरु दक्षिण इजरायलको किबुज अलुमिम क्षेत्रको कृषि फार्ममा कार्यरत थिए। सरकारले त्यहाँ रहेका नेपालीको संरक्षण तथा उद्धारका लागि पहल र समन्वय गर्न परराष्ट्र मन्त्रीको संयोजकत्वमा संयन्त्र बनाएको छ।
फर्कन इच्छुकको लागि फारम
यस्तै त्यहाँ रहेका नेपालीलाई के सहयोग आवश्यक पर्छ भनेर फारम भराउने प्रक्रिया पनि चलिरहेको र देश फर्किन चाहनेहरुको पनि तथ्यांक संकलन भइरहेको परराष्ट्रले जनाएको छ।
‘कसको के स्थिति छ? कस्तो अप्ठेरोमा हुनुहुन्छ? के सहयोग चाहिएको छ? को आउन चाहनुहुन्छ भनेर विवरण संकलनको काम पनि भइरहेको छ। सोमबारसम्म यो तथ्यांक दुई सयभन्दा बढी थियो। आज थपिएको छ’, लम्सालले भनिन्, ‘हामी उच्च प्राथमिकतामा राखेर सबै विकल्पहरुमा काम गरिरहेका छौं।’
सरकारले उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स पठाउने निर्णय गरेको छ।
तर युद्धको समयमा मारिएकाको शव पठाउने प्रक्रिया अर्कै हुने र त्यो प्रक्रिया पनि सुरु भइसकेको लम्सालले बताइन्। उनका अनुसार १० जना नेपालीको शव इजरायल सरकारको नियन्त्रणमा छ। सबै प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्नेछ।
त्यसपछि शव लिनका लागि नेपालबाटै एयरलाइन्स पठाएर त्यहाँ ल्यान्ड गर्नसक्ने अवस्था हुन्छ/हुँदैन भनेर पनि समन्वय गरिरहेको लम्सालले बताइन्। युद्ध थप चर्किएको अवस्थामा भने नेपाली जहाज पठाउन सम्भव नहुने भएकाले अन्य छिमेकी राष्ट्रसँग पनि समन्वय भइरहेको छ।
त्यहाँ अहिलेको अवस्थामा बंकरमा बस्नु नै सुरक्षित हुने भएकाले परराष्ट्रले इजरायलमा रहेका नेपालीलाई बंकरमा बस्न पनि अनुरोध गरेको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
Stories & struggles of Nepalese community in Israel
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
शिवराज खड्का पर्यटक भिषामा इजरायल आएका धेरै नेपाली हाल कामदारका रूपमा छन्। हमास र इजरायलबीच युद्ध चर्किएका बेला कामदार अभाव भएको थियो। इजरायल सरकारले त्यही बेला पर्यटक भिसाका व्यक्तिलाई वर्किङ भिसाको अवसर दिएको थियो। नेपालीहरू भारत, श्रीलंका, थाइल्यान्ड, लगायत मुलुक हुँदै पर्यटक भिसामा इजरायल आएका थिए। त्यसरी आएका तीन सय हाराहारी नेपाली अहिले कृषि क्षेत्रमा…
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.