तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यी लक्षणहरुबाट तपाईं तनावमा हुनुहुन्छ भन्ने थाहा पाउनु हुन्छ
कपाल झर्नु
तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
तौल बढ्नु वा कम हुनु
तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।
कामेच्छामा परिवर्तन
तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।
निद्राको कमी
निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।
मूड परिवर्तन
कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।
एजेन्सी
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com