नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- विपिन जोशी पहिलो चरणमै रिहा हुने झिनो आशा पलायो
- विपिन जोशीको रिहाइका लागि निरन्तर कूटनीतिक प्रयास
- मगर संघ इजरायलले माघ्या सकराटी पर्व (मिनाम ल्हेस ५०१८) भव्य रूपमा मनायो
- गाजामा युद्धविराम सुरु नगर्न इजरायली प्रधानमन्त्रीको निर्देशन
- इजरायल-हमास युद्धविराम पहिलो चरणमा कोको छुटदैछन : ३३ बन्धकहरुको नाम सार्वजनिक
- इजरायल र हमासबीच युद्धविराम, आइतबारदेखि १५ महिना लामो युद्ध अन्त्य
- राजदूत प्रा. धनप्रसाद पण्डितद्वारा इजराइलका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
- विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
इजरायल–प्यालेस्टाइन युद्धमा २१ सयभन्दा बढीको मृत्यु, इजरायलले दियो हमासलाई चेतावनी
एजेन्सी, २४ असोज । हमासले इजरायलमा आक्रमण गरेपछि सबै नष्ट भएको छ । २३ लाख जनसंख्या भएको गाजा पट्टीमा इजरायली वायुसेनाले जवाफी कारबाही गरेको थियो, जसमा अहिलेसम्म ९०० जनाको मृत्यु भएको छ भने ४,६०० घाइते भएका छन्। मृत्यु हुनेमा २६० बालबालिका र २३० महिला रहेका छन् ।
इजरायलले गाजालाई पूर्ण रूपमा घेरा हालेको छ, त्यसपछि खाद्यान्न, पानी, इन्धन र अत्यावश्यक वस्तुको आपूर्ति पूर्ण रूपमा रोकिएको छ। इजरायली सेनाले हमासका आतङ्कीहरूको खोजी गर्न गाजामा छापा मारिरहेका छन्। हमासको आक्रमणमा १ हजारभन्दा बढी इजरायलीको मृत्यु भएको छ भने धेरै अपहरणमा परेका छन् । मारिनेमा १ सय ५६ सेनाका जवान पनि छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार भिडियो सन्देश जारी गर्दै हमासलाई कडा चेतावनी दिएका छन् । नेतान्याहुले इजरायलले युद्ध सुरु गरेको होइन तर अन्त्य अवश्य गर्ने घोषणा गरेका छन् । इजरायलले हमासविरुद्ध प्रतिकारात्मक कारबाहीका लागि ३ लाख सैनिक परिचालन गरेको छ । नेतान्याहुले इजरायलले युद्ध नचाहेको बताउनु भयो, यो सबैभन्दा क्रूर तरिकाले हामीमाथि थोपिएको हो ।
इजरायली सार्वजनिक प्रसारक कानले बुधबार रिपोर्ट गरेको छ । जसमा हमासको आक्रमणमा कम्तीमा १,२०० इजरायली मारिएका छन्। स्वास्थ्य मन्त्रालयले मृतकमा विदेशी नागरिक रहेको जनाएको छ भने कम्तीमा २ हजार ८०६ जना घाइते भएका छन् ।
इजरायली स्रोतका अनुसार इजरायली सेनाका ५० देखि १०० सदस्य र सर्वसाधारणलाई जबरजस्ती गाजामा लगिएको छ। जसमा महिला र बालबालिका पनि पर्छन् गाजा पट्टीमा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या २,१०० भन्दा बढी पुगेको छ। बुधवार हिंसाको पाँचौं दिन मनाइयो र धेरै व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :