काठमाडौं : इजरायलमा व्यावसायिक फुटबल खेल्न गएकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारी स्वदेश फिर्ता भएकी छन्। इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्न गएकी उनी गएराति स्वदेश फर्किएकी हुन्। भण्डारीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएकाले उनी नेपाल फर्किएकी हुन्।
तस्बिर : सावित्रा भण्डारीको फेसबुकबाट
काठमाडौं अवतरणपछि उनले इजरायलबाट सकुशल नेपाल आइपुगेँ भनेर फेसबुकमार्फत जानकारी दिएकी छन्।
भण्डारीलाई साउन ३ गते खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका थिए।
नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छन्।
इजरायलमा व्यवसायिक फुटबल खेलिरहेकी नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् । उनी बुधबार राति काठमाडौँ आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे । इजरायलको हापोएल रानाना फुटबल क्लबमा अनुबन्धित सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि त्यहाँ घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । फुटबल गतिविधि बन्द भएपछि उनी नेपाल फर्किएकी हुन् ।
युरोपेली फुटबल महासंघ (युएफा) मातहतको इजरेली प्रिमियर लिग खेल्न उनी गत साउन १६ गते इजरायल उडेकी थिइन् ।
इजरायलमा गत शनिबार बिहान हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । केही विद्यार्थी घाइते भएका छन् । इजरायलमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com