काठमाडौं, असोज २६ गते । इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ ।
उद्धार गरिएका नेपालीहरु काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
नेपाल एयरलाइन्सको चार्टर विमानबाट आएका विद्यार्थी शुक्रबार ३ बजेतिर अवतरण भएका हुन् ।
शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिनु भएको थियो ।
विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो ।
नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो । विद्यार्थीलाई लिन विमानस्थलमा नेपाल प्रहरीको बस तयारी अवस्थामा राखिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com