इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे
इजरायल देश नै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइँ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।
धेरै नेपालीहरू छन् इजरायलमा तर साथीहरूको मृत्युको खबरले हामी धेरै त्रसित भयौँ । अव सबैले ज्यानको सुरक्षा गर्नुपर्छ र देशमै केही गर्ने आँट गर्नुपर्ने उहाँहरु को सुझाव छ । शुक्रवार बिहान नेपाल फर्कनुभएका उहाँहरु भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो । छिटो उद्धार मा खटिएर नेपाल फर्काइदिनु भएकोमा नेपाल सरकारलाई धेरै धन्यवाद
इजरायलबाट फर्केका २ सय ५४ विद्यार्थीको अन्तिम खेपमा विमानस्थलबाट बाहिर निस्किए- सल्यानका प्रमोद केसी र कैलालीका विरेन्द्र चौधरी बाहिरिए। उनीहरु द्वन्द्वग्रस्त क्षेत्र इजरायल र गाजाको सीमानाबाट २० किलोमिटर टाढा दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिन भन्ने स्थानमा थिए। प्रमोद र विरेन्द्र ती दुई हुन् जसले आफ्नो अगाडि आफ्ना साथीहरुको मृत्यु देखे।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com