बिदेशमा बसेर पनि समय अनुसार आआफ्नो धर्म संस्कारको पालना गर्दै देशबिदेशमा बडा दशैं उलासमय वाताबरणमा मनाइदैछ । यसैक्रममा बडा दशैंको नौं दिन बडा नवमीको दिन ‘माँ पाथीभरा भक्ति समाज’ले हमास आक्रमणमा मारिएका १० जना नेपालीसहित उक्त हमलामा मारिएका सबैको चिरशान्तिको कामना गर्दै आज अक्टोबर २३ तारिख सवालाख वत्ती प्रज्वलनको एक बेग्लै धार्मिक कार्यक्रम सम्पन्न गरेको छ ।
‘माँ पाथीभरा भक्ति समाज’को मन्दिरमा बडा दशैंको प्रारम्भिक दिन जमरे औंशीका दिनदेखि तिन जना भक्तजनहरुले निर्जला व्रत बसेर श्रद्धाभक्तिपूर्वक नवदुर्गा भवानीको पूजाआरधना गर्दै आइरहेको निर्जला व्रतसमेत आजै विधिपूर्वक समापन गरिएको छ। इलित्रा क्षेत्री,तारा पोखरेल र राधिका थकालीले नवरात्रीमा उपासना ब्रत बसेका थिए।
धार्मिक विधिपूर्वक पन्चकन्या पूजा गरेर निर्जला व्रत समापन गरिएको हो ।
उक्त निर्जला व्रतको समापनको अवसर पारेर दुई लाख ५० हजार बती प्रज्वलन गरिएको हो छ , जसमा हमास आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको लागि सवालाख वत्ती र निर्जला व्रतको भक्तजनहरुको लागि सवालाख वत्ती प्रज्वलन गरियो ।
अनलाइन लाइभबाट पण्डितले स्वस्तिबाचन गर्दै बती प्रज्वलनलाई धार्मिक विधिपूर्वक शुरु गर्दै समापन समेत गरेका हुन् ।
उक्त कार्यक्रमलाई केहि इजरायलीहरुले पनि उत्सुकतापूर्वक चासो राखेका थिए र हमासको आक्रमणमा परि निधन भएकाहरुको चिरशान्तिको कामना गरिएको भन्दा भावुक पनि भएका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com