काठमाडौं । नेपाली जनसम्पर्क समिती इजरायलले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाई सहयोग गर्ने भएको छ । भुकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि समितीले २ लाख सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता राजेन्द्र उप्रेतीले जारी गरेको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरिएको छ ।
गत शुक्रबारराति गएको दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै ठुलो धनजनको क्षती भएको छ । त्यहाँ अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । भुकम्प प्रभावित क्षेत्रमा लगातारजसो पराकम्प गइरहेका छन् जस्ले गर्दा त्यहाँका पीडितहरुको त्रसित समेत भइरहेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com