नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायलमा प्रथम सहिद क्या.लखन थापा मगर स्मृति कप २०२५ भव्यताका साथ सम्पन्न
- परराष्ट्रमन्त्री डा. आरजु राणा र कतारी मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग आग्रह
- हिजबोल्लाहले लेबनानमा सरकारविरुद्ध आन्दोलन चर्काए, प्रदर्शनकारी हटाउन सैनिकद्वारा अश्रुग्याँस प्रहार
- हमासद्वारा बन्दी बनाइएकै अवस्थामा रहँदा जन्मिएकी छोरीको नाम सुनेर भावुक भए डेकेल (video)
- हमास र इजरायल बिच बन्धक आदान प्रदान, द्विपक्षीय आशङ्काबिच युद्ध बिराम कायमै
- हिजबोल्लाह समर्थकले लेबनानमा शान्ति सेनामाथि आक्रमण गरे, नेपाली सेनाका उपरथी घाइते
- ट्रम्पको चेतावनी: प्यालेस्टिनीहरूलाई आश्रय नदिने देशलाई अमेरिकी सहयोग बन्द गर्ने
- शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी
एलन मस्कले इजरायलको समर्थन गरेपछि हमासले गाजामा निम्तो दिँदै भन्यो – यहाँ आएर इजरायलको क्रुरता हेर
काठमाडौं । हमासले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई गाजा भ्रमणको निम्तो दिएको छ । इजरायली आक्रमणबाट गाजा पट्टीमा भएको विनाश हेर्न मस्क यहाँ आउनु पर्ने हमासको भनाइ छ । तर मस्कले गाजा स्ट्रिपको वातावरण अलि खतरनाक भएकोले त्यहाँ अहिले नै जानु उचित नभएको बताइसकेका छन् ।
हमासका एक वरिष्ठ अधिकारी ओसामा हमदानले भने ‘हामीले एलन मस्कलाई गाजा आउन निम्तो दिएका छौं ताकि हामी उनलाई गाजामा इजरायलको विनाशको दृश्य देखाउन सकौं।’
उनले पचास दिनभित्र इजरायलले निहत्था गाजावासीहरूको घरमा ४०,००० टनभन्दा बढी विस्फोटक पदार्थ खसालेको बताए। उनले भने ‘म अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायलसँगको अमेरिकी सम्बन्धको समीक्षा गर्न र उनीहरूलाई हतियार आपूर्ति बन्द गर्न आह्वान गर्दछु।’
मस्कले केही दिनअघि सामाजिक सञ्जालमा भनेका थिए – ‘गाजाको वातावरण अहिले अलि खतरनाक देखिन्छ। तर लामो समयसम्म गाजामा चौतर्फी समृद्धि हुनेछ भन्ने मलाई विश्वास छ।’ यसअघि सोमबार मस्क इजरायल पुगेका थिए । यस अवधिमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेटेका थिए।
मस्कले गाजा पट्टी नजिकैको किबुट्ज शहरको पनि भ्रमण गरे। हमासले अक्टोबर ७ मा किबुट्जमा आक्रमण गरेको थियो, जसमा धेरै मानिसको मृत्यु भएको थियो। मस्कको भ्रमणका सम्बन्धमा नेतान्याहुले मस्कलाई हमास लडाकुहरूले किबुत्जमा गरेको नरसंहारको डरलाग्दो दृश्य देखाएको बताएका थिए।
नेतान्याहुले मस्कलाई हमास लडाकुहरूले निर्ममतापूर्वक मारेका इजरायली नागरिकहरूको घर पनि देखाए। तीमध्ये चार वर्षीय इजरायली-अमेरिकी बालिका अबिगेल इडान पनि छन्, जसका आमाबुवालाई आतंकवादीहरूले मारेका थिए। इडानलाई हमासले आइतबार रिहा गरेको थियो।
एक्समा नेतन्याहुसँगको लाइभ च्याटमा मस्कले हमासलाई उन्मूलन गर्नुबाहेक अर्को कुनै उपाय नभएको बताएका थिए। उनले भनेका थिए ‘हत्यारालाई निर्मूल गर्न जरुरी भइसकेको छ । जनतालाई हत्यारा बन्न तालिम दिने यस्तो प्रचार बन्द गर्नुपर्छ । यो गाजाको भविष्यका लागि आवश्यक छ। म गाजाको पुनर्निर्माण र युद्ध पछि गाजाको राम्रो भविष्यमा मद्दत गर्नेछु।’
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
सिफारिस
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :