नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायलमा प्रथम सहिद क्या.लखन थापा मगर स्मृति कप २०२५ भव्यताका साथ सम्पन्न
- परराष्ट्रमन्त्री डा. आरजु राणा र कतारी मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग आग्रह
- हिजबोल्लाहले लेबनानमा सरकारविरुद्ध आन्दोलन चर्काए, प्रदर्शनकारी हटाउन सैनिकद्वारा अश्रुग्याँस प्रहार
- हमासद्वारा बन्दी बनाइएकै अवस्थामा रहँदा जन्मिएकी छोरीको नाम सुनेर भावुक भए डेकेल (video)
- हमास र इजरायल बिच बन्धक आदान प्रदान, द्विपक्षीय आशङ्काबिच युद्ध बिराम कायमै
- हिजबोल्लाह समर्थकले लेबनानमा शान्ति सेनामाथि आक्रमण गरे, नेपाली सेनाका उपरथी घाइते
- ट्रम्पको चेतावनी: प्यालेस्टिनीहरूलाई आश्रय नदिने देशलाई अमेरिकी सहयोग बन्द गर्ने
- शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी
अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दै हवाई स्थल तथा जलमार्ग बाट एकै पटक आक्रमण गर्दा इजरायलमा हालसम्म्कै ठुलो क्षति भयो , इजरायलमा रहेका इजरायली तथा विदेशी नागरिकहरु सैयौंको संख्यामा हताहत र घाइते हुन पुगे ।
इजरायलमा हमासले आक्रमणसँगै शिशुदेखि वृद्ध मानिसहरूलाई बन्धक बनाइएको थियो । अहिले हमासले झण्डै एक सय जनालाई बन्धकमुक्त गरेको छ । हमासको आतंककारी हमलामा परि हजारौं जनाको मत्यु हुनुका हजारौं घाइते र केही वेपत्ता छन् । प्यालेस्टाइनाी लडाकु संगठन र गाजाका अन्य समूहहरूले युद्धरत रूपमा आक्रमण गरेको अनुमान गरिएको छ ।
हमासले आफ्नो कब्जाबाट रिहा गरेका केही नागरिकले बन्धकमा रहेको बखतका अनुभव साटेका छन् । बन्धक रहेका मानिसहरु अँध्यारोमा चुपचाप बस्न बाध्य छन् । थोरै रासन मात्र खुवाइने उनीहरुले बताएका छन् । यसका साथै किरा र जुम्राको हैरानी समेत खेप्नु परेको छ ।
यस्तो छ हमासमले बन्धक बनाएकाहरुको अवस्था
हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरुलाई रेडक्रस र अन्य मानवीय समूहहरूसँग भेट्न अनुमति दिइएको छैन । परिणामस्वरुप बन्धकका आफन्तहरूले गाजामा रहेका आफ्ना प्रियजनहरूलाई के भइरहेको भन्ने थाहा पाउन सकिरहेका छैनन् । इजरायल र हमासबीचको सम्झौता अनुसार रिहा भएका अधिकांश महिला, बालबालिका र विदेशी कामदार रहेका छन् । बन्धकहरू विभिन्न स्थानहरूमा र विभिन्न समूहहरूको कब्जामा रहेको आशंका गरिएको छ ।
सबै बन्धकहरूलाई एकै किसिमले व्यवहार नगरिएको बताइएको छ। यद्धपी रिहा भएका हरेक नागरिकले आ–आफ्नै भोगाई बोल्दै आएका छन् । अस्थायी युद्धविराम सम्झौताले हालसम्म ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनोसहित १०५ नागरिकलाई हमासको बन्दीबाट मुक्त गरेको छ । इजरायलले गाजामा करिब १३७ बन्धकहरू अझै बाँकी रहेको विश्वास गरेको छ ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
सिफारिस
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :