नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सार्न प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचाय आद्राइले भनेका हुन् ।
सुहाइलामा बसोबास गर्ने प्यालेस्टिनी नागरिहरूलाई पनि रफाहमा सर्न भनिएको थियो । इजरायली सुरक्षा बल आइडीएफले युद्धविराम समाप्त भएपछि गाजापट्टीमा फेरि आक्रमण सुरु भएको थियो ।
अर्कोतर्फ इजरायल–प्यालेस्टिनी तेल बजारले लामो समयदेखि युद्धको भारी मूल्य चुकाउँदै आएको छ। जारी इजरायल–हमास युद्धले विश्व अर्थतन्त्रलाई सुस्त बनाउने अपेक्षा गरिएको छ ।
७ अक्टोबरमा द्वन्द्व सुरु भएदेखि नै तेलको मूल्य प्रति ब्यारेल करिब ५ डलरले बढेको छ। आईएमएफका अनुसार तेलको मूल्यमा १० प्रतिशतले वृद्धि भएमा विश्वको वृद्धिदर ०.१५ प्रतिशतले घट्न सक्छ ।
केही भन्नु छ भने 💬