संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव।
काठमाडौँ – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा १० जना नेपाली मारिएको घटना ५५ दिनपछि थाहा पाएको छ।
गत असोज २१ गते शनिबार (अक्टोबर ७) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो।
परराष्ट्र मन्त्रालय र सञ्चार माध्यमहरुले भोलिपल्टै घटनामा नेपाली मारिएको पुष्टि गरे पनि संसदको अन्तर्राष्ट्रिय समितिले भने गत मंसिर १५ गते शुक्रबार (डिसेम्बर १) मात्रै घटनाप्रति चासो देखाउँदै दुःख व्यक्त गरेको हो।
समिति सभापति राजकिशोर यादवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले हराइरहेका विपिन जोशीको रिहाइका लागि पनि अपिल गरेका छन्। समितिले कुटनीति र अन्तराष्ट्रिय सम्बन्धबारे सरकारसँग जानकारी लिने र आवश्यक निर्देशन दिने अधिकार राख्छ।
तर घटना भएको झण्डै दुई महिनापछि मात्रै त्यस विषयमा समितिले चासो व्यक्त गरेको हो। १० नागरिक मारिएको घटनाप्रति ५५ दिनपछि प्रतिक्रिया जनाउने समितिको कार्यशैलीले उसको काम गर्ने गति देखाएको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com