नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी जनवरी १२ तारिख २०२४ शुक्रबारको दिन ‘माघ्या सकराटी संगीतिक साँझ २०८०’ नामक एक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मगर समुदायको प्रमुख चाड माघ्या सकराटी (मिनाम ल्हेसद ५०१७)को अबसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एवं बिश्व भरिका मगरहरुको एकता अहिलेको आबस्यकता भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुको बिभिन्न प्रस्तुतिहरुसहित स्वादिष्ट मगर परिकारहरुको पनि ब्यबस्था गरिएको छ ।
उक्त कार्यक्रममा इजरायल बस्दै आइरहनुभएका सम्पूर्णलाई उपस्थितीको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























