नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हुथीद्वारा लाल सागरमा रहेको बेलायती जहाजमा हमला
- अक्टोबर ७ को हमास हमलामा अपहरित र मृतक विदेशी नागरिकको सम्मानमा जेरुसलेममा एक स्मृति सभा
- हिजबोल्लाहले पहिलोपटक इजरायलसंग निशर्त युद्ध विरामको माग गर्यो
- इजरायल युद्ध – मुख्य घटनाहरुको समयरेखा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष
- इजरायलले लेबनानका शान्ति सेनालाई ठाउँ छोड्न आग्रह गर्यो, शान्ति सेनाद्वारा अस्वीकार
- यी हुन् विपिनसहित ९७ जना बन्धक – जो अझै हमासको कब्जामा छन
- मेक्सिकोबाट लुकिछिपी अमेरिका छिर्न खोज्दा गोली चलाइयो ६ मारिए, नेपाली सकुशल
रूसी सेनामा भर्ती भएका ३० युवालाई उद्धार गरिदिन परिवारले दिए आवेदन
काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरी फर्काउन नेपालमा रहेका उनीहरुका परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न आवेदन दिएका हुन् । करिब डेढ महिनाको अवधिमा यी आवेदन परेका हुन् ।
“हाम्रो मान्छेलाई रूसबाट उद्धार गरी नेपाल ल्याइदिन प¥यो भनेर ३० जनाको परिवारले आवेदन दिएका छन्,” कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बाह्रखरीसँग भने ।
आवेदन परेपछि उनीहरुको उद्धारमा सहजीकरण गरिदिन भन्दै विभागले रूसको मस्कोस्थित नेपाली दूतावास र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ ।
मस्को र बर्लिनस्थित नेपाली दूतावासले उद्धारको लागि पहल गरिरहेका छन् । रूसी सेनामा भर्ना भएकाहरुले आफूहरुलाई युद्ध मैदानमा पठाएको र घेराबन्दी परेको भन्दै उद्धारको लागि पहल गरिदिन नेपालमा रहेका आफ्ना परिवारलाई गुहारेका थिए ।
त्यसपछि परिवारका सदस्यहरू कन्सुलर सेवा विभागमा गएर उद्धारको लागि पहल गरिदिन अनुरोध गरेका हुन् । रूसी सेनामा भर्ना भएकामध्ये युक्रेनसँगको युद्धमा हालसम्म ६ जना नेपाली युवाको मृत्यु भइसकेको छ । तीन जनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दीको रुपमा राखेका छन् ।
रूसी सेनामा भर्ती हुन जानेको संख्या बढेपछि र भर्ती भएका नेपाली युवाहरु मारिन थालेपछि सरकारले यही मंसिर १८ गतेदेखि कडाइ गरेको थियो । परराष्ट्र मन्त्रालयले मंसिर १८ गते विज्ञप्ति जारी गर्दै रूसलाई नेपाली युवालाई सेनामा भर्ती नगर्न र भर्ती भएकालाई तत्काल फिर्ता पठाउन भनेको थियो ।
परराष्ट्र मन्त्रालयले सोही विज्ञप्तिमा भनेको थियो, “सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।”
सरकारले कडाइ गरेपछि रूस जानको लागि मंसिर १८ गतेयता हालसम्म ४ जनाले विभागबाट एनओसी लिएका छन् ।
“हालसम्म रूस जानको लागि चार जनाले एनओसी लिएका छन् । उनीहरू सबै जना श्रम स्वीकृति लिएर रूसी कम्पनीमा काम गर्न जान लागेका हुन्,” विभागका महानिर्देशक पौडेलले भने ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :