नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायलमा प्रथम सहिद क्या.लखन थापा मगर स्मृति कप २०२५ भव्यताका साथ सम्पन्न
- परराष्ट्रमन्त्री डा. आरजु राणा र कतारी मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग आग्रह
- हिजबोल्लाहले लेबनानमा सरकारविरुद्ध आन्दोलन चर्काए, प्रदर्शनकारी हटाउन सैनिकद्वारा अश्रुग्याँस प्रहार
- हमासद्वारा बन्दी बनाइएकै अवस्थामा रहँदा जन्मिएकी छोरीको नाम सुनेर भावुक भए डेकेल (video)
- हमास र इजरायल बिच बन्धक आदान प्रदान, द्विपक्षीय आशङ्काबिच युद्ध बिराम कायमै
- हिजबोल्लाह समर्थकले लेबनानमा शान्ति सेनामाथि आक्रमण गरे, नेपाली सेनाका उपरथी घाइते
- ट्रम्पको चेतावनी: प्यालेस्टिनीहरूलाई आश्रय नदिने देशलाई अमेरिकी सहयोग बन्द गर्ने
- शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी
ललितपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डको अगाडि प्रमुख शाहले उक्त गुनासो गरेका हुन् ।
उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँच मिनेटदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।
‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन् । कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले हेर्नुपर्ने हुन्छ । उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौँ । हामी त्यसका सदस्य छौँ । तर केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ । यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ’, उनले गुनासो पोखे ।
संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको उनले बताए ।
‘स्थानीय सरकारले गरेको काम रोक्ने हो भने तपाईँहरूले गरे भइगो नि । हामी चुप लागेर बस्छौँ । कसैले काम गर्नु भनेको अरूको अधिकार खोस्नु होइन’, आक्रोश पोख्दै उनले भने, ‘फोहर व्यवस्थापन संघले गरेको भए हामीले किन गर्नुपर्थ्यो ? हामी चुप लागेर बस्थ्यौँ । त्यसैले अधिकार भन्दा पनि कर्तव्य हो । तीनै तहका सरकार मिलेर काम गरौँ ।’
यस्तै काठमाडौँ उपत्यकालाई सफा र विकसित गर्न सबै स्थानीय तहबिच सहकार्य आवश्यक भएको उनले भनाइ राखे ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
सिफारिस
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :