हुथी विद्रोही समूहले इजरायलको रासायनिक ट्याङ्करमाथि आक्रमण गरेपछि भारतीय नौसेनाले अरब सागरमा तीनवटा युद्धपोत तैनाथ गरेको छ ।
अरब सागरको आफ्नो समुद्री तटमा इजरायली ट्यांकरमाथि हुथीको आक्रमण भएपछि भारतले त्यस्ता गतिविधि रोक्नका लागि स्टिल्थ–गाइडेड डिस्ट्रोयर जहाज अरब सागरमा तैनाथ गरेको हो ।
भारतको रक्षा मन्त्रालयले सोमबार तीन युद्धपोत गस्तीका लागि तैनाथ गरेको र त्यसले दुस्मनबाट आएका क्षेप्यास्त्र र ड्रोनलाई नष्ट गर्ने बताएको छ । अरब सागरको आफ्नो समुद्री क्षेत्रमा भारतले युद्धपोतसँगै युद्धक विमान पनि तैनाथ गरेको छ ।
यसअघि भारत जाँदै गरेको कार्गो विमानमा पनि यमनको हुथी विद्रोहीले आक्रमण गरेका खबरहरू बाहिरिएका थिए ।
यमनका हुथी विद्रोहीले रेड सी जल क्षेत्र हुँदै इजरायल जाने जुनसुकै जहाजलाई आक्रमण गर्ने चेतावनी दिएको छ । हुथीले हमासको समर्थन गर्दै रेड सीमा तैनाथ अमेरिकी जहाजहरूलाई पनि आक्रमण गरिरहेको छ ।
यस्तोमा अरब सागरको भारतीय जल क्षेत्रमा रहेको इजरायली जहाजलाई पनि हुथीले आक्रमण गरेको खबरका बीच भारतले आफ्नो जलक्षेत्र सुरक्षित गर्न युद्धपोतहरू तैनाथ गरेको जानकारी दिएको हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com