नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायलमा प्रथम सहिद क्या.लखन थापा मगर स्मृति कप २०२५ भव्यताका साथ सम्पन्न
- परराष्ट्रमन्त्री डा. आरजु राणा र कतारी मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग आग्रह
- हिजबोल्लाहले लेबनानमा सरकारविरुद्ध आन्दोलन चर्काए, प्रदर्शनकारी हटाउन सैनिकद्वारा अश्रुग्याँस प्रहार
- हमासद्वारा बन्दी बनाइएकै अवस्थामा रहँदा जन्मिएकी छोरीको नाम सुनेर भावुक भए डेकेल (video)
- हमास र इजरायल बिच बन्धक आदान प्रदान, द्विपक्षीय आशङ्काबिच युद्ध बिराम कायमै
- हिजबोल्लाह समर्थकले लेबनानमा शान्ति सेनामाथि आक्रमण गरे, नेपाली सेनाका उपरथी घाइते
- ट्रम्पको चेतावनी: प्यालेस्टिनीहरूलाई आश्रय नदिने देशलाई अमेरिकी सहयोग बन्द गर्ने
- शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी
गाजा : उत्तरी गाजा पट्टीमा हमासको मुख्यालय रहेका सुरुङ फेला परेको र तिनलाई नष्ट गरिएको इजरायली रक्षाबलले शनिबार जनाएको छ।
इजरायलले प्यालेष्टिनी लडाकु समूह (हमास)का लडाकुले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै त्यहाँ विद्युत्को पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्ष रहेको उल्लेख गरेको छ।
हालैका हप्तामा १६२ औं डिभिजनको कमान्डमा १४ औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमासका नेता याह्या सिनवारको गोप्य वासस्थान फेला पारी नष्ट गरेको छ।
उक्त स्थल उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षाबलले जनाएको छ। रक्षा बलका अनुसार याहलोम युनिटका सैनिकले थप प्राविधिक साधन प्रयोग गरी अपार्टमेन्ट खोजेका थिए।
अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरुङ मार्ग रहेको थियो। सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्त्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ।
‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो। यसमा हमासका अधिकारी रहेका थिए। उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरुङ बनाई रणनीतिक काम गर्दै आएको छ’, इजरायली रक्षा बलले जनाएको छ।
सुरुङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुने गरी निर्माण गरिएको थियो। इजरायली सुरक्षाबलले हमासका कार्यकर्ताको दर्जनौं घरमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थ नष्ट गरेका छन्।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
सिफारिस
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :