इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलबार राति लेबनानी लडाकू समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएको दाबी गरिएको हो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास अधिकारी र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरूलाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासले गत ७ अक्टोबरमा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो ।
हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com