जेरुसेलम । सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा १२.५२ प्रतिशतले वृद्धि भएको छ । इजरायल–हमास द्वन्द्वका कारण अक्टोबरयता गिरावट आए पनि समग्रमा विदेशी पर्यटकको संख्या बढेको हो ।
देशको केन्द्रीय ब्युरोले जारी गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा पर्यटको संख्या बढेको देखिएको हो ।
गत वर्ष लगभग ३० लाख पर्यटकले इजरायल भ्रमण गरेका थिए । त्यसअघि सन् २०२२ मा २७ लाख ७५ हजार पर्यटकले इजरायल भ्रमण गरेका थिए ।
सन् २०१९ मा भने ४५ लाखभन्दा धेरै पर्यटक इजरायल पुगेका थिए ।
कोरोना भाइरस संकटका कारण कम देखिएको पर्यटकको आगमन विस्तारै बढ्दै गएको छ ।
द्वन्द्वपछि अधिकांश विदेशी एयरलाइन्सले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको तेल अवीव बाहिरको उडान स्थगित गरेका छन् । हालका अधिकांश उडानहरू इजरायलको फ्ल्यागसिप एयरलाइन, एल अलद्वारा सञ्चालित छन् । सिन्ह्वाबाट ।
केही भन्नु छ भने 💬
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com