नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हिजबोल्लाहले पहिलोपटक इजरायलसंग निशर्त युद्ध विरामको माग गर्यो
- इजरायल युद्ध – मुख्य घटनाहरुको समयरेखा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष
- इजरायलले लेबनानका शान्ति सेनालाई ठाउँ छोड्न आग्रह गर्यो, शान्ति सेनाद्वारा अस्वीकार
- यी हुन् विपिनसहित ९७ जना बन्धक – जो अझै हमासको कब्जामा छन
- मेक्सिकोबाट लुकिछिपी अमेरिका छिर्न खोज्दा गोली चलाइयो ६ मारिए, नेपाली सकुशल
- इजरायलका लागि दशैंको टिकाको साइत १२ अक्टोबर बिहान ९ः१६ बजे
- लेबनानका नेपालीहरु डर त्रासमा – रातभर विष्फोटनको आवाजले निदाउनै सकिएन
विमानस्थलको रेकर्ड अनुसार १७ सय ९५ नेपाली पुगे रुस, ९५ जना युक्रेन, बाहिरबाट जाने कति होलान ?
काठमाडौं । पछिल्लो समय केही युवा रुस युक्रेनको युद्धमा मारिएको समाचार बाहिरिए पछि यसरी भर्ती हुनेको सख्या कति पुग्यो भन्ने बारेमा चासो बढेको छ । यद्यपि रुसी सैनिकमा भर्ती हुने नेपाली कति पुगे होलान भन्ने वास्तविक तथ्यांक यकीन छैन । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली विमानस्थलबाट रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो । धेरै नेपाली युवा सेनामा भर्ति हुन अन्य विभिन्न माध्यम बाट गएको पाइएको छ ।
अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो ।
पछिल्लो समय विभिन्न वहानामा रुस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ । केही महिनायता रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् ।
यस्तै, चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।
रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारले प्राप्त गर्न नसकिरहेका बेला विभागले ठूलो संख्यामा नेपाली रुस पुगेको विवरण सार्वजनिक गरेको हो ।
रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रुससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ । यतिमात्र होइन नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रुससँग आग्रह गरेको छ ।
रुसले पनि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उल्टै गतसाता रुसी राष्ट्रपतिले नेपालीलगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन् । नयाँ आदेशमा रुसी सेनामा एक वर्षको लागि भर्ती हुन सम्झौता गर्ने विदेशी नागरिक र उसको परिवारलाई रुसी नागरिकता दिने व्यवस्था छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन् ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :