नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- सभामुख घिमिरेको पत्रको नेपथ्यमा दुबाईका युवा व्यवसायी रिजवान
- नेपालका लागि इजरायलका २१औं राजदूत श्मुलिक एरी बास: एक अनुभवी कूटनीतिज्ञ
- वाल यौन दुराचारको आरोपमा कृषि वैज्ञानिक डा. मदन राईलाई साढे २ बर्षको जेल सजाय
- विपिन जोशीको रिहाइका लागि सभामुख घिमिरेले अरब संसदका अध्यक्षलाई पत्र लेखे
- विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल थप तीव्र
- गाजा कब्जा गर्ने ट्रम्प नीतिको चौतर्फी बिरोध, हमासद्वारा प्रस्तावको ठाडो अस्वीकार
- लर्न एण्ड अर्नबाट नेपाल फर्किएका बिद्यार्थीहरू पुनः ईजराइल जान चाहन्छन्, नेपाल सरकारको पहल के छ?
- ईजरायलको शिक्षाद्वारा आत्मनिर्भर कृषि: मुक्ति पोखरेलको सफल यात्रा
टोरण्टो । अध्ययनका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ। सिदार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो।
पढ्न आएका श्रेष्ठले पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाए पछी डिप्रेसनमा पर्दै गएका थिए। करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। सुरूवातमा उनको व्यबहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए।एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका थिए।
कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए। उनी आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :